9.1 C
Kathmandu
17.6 C
Birgunj

स्वास्थ्य र शिक्षाको अवस्था उकास्न यथेष्ट पहल हुन सकेन : नेता क्षेत्री

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, २४ असोज । नेपाली कांग्रेस पर्साका नेता जर्नादन सिंह क्षेत्रीले बीरगन्ज महानगरपालिकामा स्वास्थ्य र शिक्षाको अवस्था उकास्न यथेष्ट पहल हुन नसकेको बताएका छन् । महानगरमा स्वास्थ्य र शिक्षाको अवस्थालाई समय सापेक्ष स्तरोन्नती गर्न स्थानिय सरकार असफल भएको नेता क्षेत्रीले बताएका हुन् ।

- Advertisement -

महानगरमा गाभीएका ग्रामीण भेगका वडाहरुमा अझै पनि स्वास्थ्य र शिक्षाको सबल पूर्वाधार विकास हुन नसकेको उनले बताए । उनका अनुसार स्वास्थ्थ र शिक्षामा सबैको पहुँ स्थापना गराउन स्थानिय सरकार सुस्त छ ।

शनिबारबाट सामुदायिक संस्था सानो पाइलाले सुरु गरेको आरोग्य वृहत निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता क्षेत्रीले समुदायको आवश्यक्तालाई महशु गर्दै संस्थाले सुरु गरेको अभियान सफलताको कामना गरे ।

पर्सामा लागुऔषध खेती, बेचबिखन, ओसारपसारको निर्मुलन तथा सेवनमा लागेका युवाहरुको पुनस्र्थापनमा संस्थाको उल्लेख्य योग्दान रहेको भन्दै उनले प्रशंसा गरे । साथै संस्थाले बीरगन्जस्थित मूर्ली चोकमा सुरु गरेको भरपेट भोजनालय नेपालकै नमूना भएको उनले बताए । भरपेटमा न्युनतम दरमा भोजन गर्नेहरुले आफ्नो दैनिक आम्दानीबाट जोगाएको रकम स्वास्थ्य र शिक्षामा लगानी गर्न सक्ने उनले बुझाई छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -