17.1 C
Kathmandu
22.1 C
Birgunj

प्रदेश २ को राजधानी जनकपुरधाममै रहनु पर्ने विमलेन्द्र निधिको जोड

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुरधाम,२४ असाेज । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रदेश २ को राजधानी जनकपुरधाममै रहनुपर्ने जोड दिएका छन् । प्रदेश २ को नामाकरणमा विवाद रहेपनि स्थायी राजधानी भने जनकपुरधाम नै रहने उपसभापति निधिले जोड दिए ।

- Advertisement -

जनकपुरधाममा भएको एक कार्यक्रममा उनले प्रदेशको स्थायी राजधानी जनकपुरधाम सबै दृष्टिकोणले उपयुक्त रहेको बताए । काँग्रेसको १४ औँ महाधिवेशनका सभापति आकांक्षी समेत रहेका उपसभापति निधिले भने, ‘यस प्रदेशको स्थायी राजधानी जनकपुरधाम नै रहन्छ, यसमा कुनै शंका नगर्नुस् । जचुकालिको भवन पनि प्रदेश सरकारका लागि उपयुक्त रहेकाले यो भन्दा अर्को कुनै उत्तम विकल्प छैन ।’

उनले जनसङ्ख्याको आधारमा मैथिली भाषा नेपालको दोस्रो र प्रदेश २ को पहिलो भाषा रहेकाले मैथिली सरकारी कामकाजको भाषा बन्ने निश्चित रहेको उनको भनाई छ । उनले मैथिली भाषालाई प्राथमिकतामा पार्नका लागि आवश्यक दबाब दिइरहन समेत प्रदेशवासीलाई आग्रह गरे ।

नेता निधिले आफू काँग्रेसको आगामी १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार रहेको उल्लेख गरे ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -