20.1 C
Kathmandu
24.4 C
Birgunj

लुम्बिनीमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बुटवल,२४ असाेज । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। आइतबार प्रदेश प्रमुख अमिक शेरचनले मन्त्री र राज्यमन्त्रीलाई शपथ गराएका हुन्।

- Advertisement -

यसअघि माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीको नेतृत्वमा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादीको गठबन्धनको सरकार बनेको थियो।

१३ मन्त्रालय रहेको लुम्बिनी प्रदेशमा यसअघि मुख्यमन्त्रीसहित माओवादीका २, कांग्रेसका १, जसपाका ३ र स्वतन्त्र १ गरी ७ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो। पछि ६ वटा मन्त्रालय थप गरि १३ वटा मन्त्रालय पुर्‍याईएको हो।

नेपाली कांग्रेसबाट
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री – वीरबहादुर राना (पाल्पा)
वन वातावरण तथा भूसंरक्षण मन्त्री –सुरेन्द्र हमाल (बाँके)
शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्री –वसिउद्दिन खाँ (रुपन्देही)
ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री –अर्जुनकुमार श्रेष्ठ
पर्यटन राज्यमन्त्री –रिना नेपाल विक

माओवादी केन्द्रबाट
स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री – इन्द्रजित थारु (दाङ)
आन्तरिक मामिला तथा सञ्चारमन्त्री – तिलकराम शर्मा (बर्दिया)
स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री – विमला खत्री वली (दाङ)

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -