शनिबार, बैशाख ८, २०८१
Sat, April 20, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
18.1 C
Kathmandu
25.5 C
Birgunj

जसपा प्रदेश २ को अध्यक्षमा पुनः यादव चयन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,२५ असाेज । जनता समाजवादी पार्टी (जसपा) नेपालको २ नम्बर प्रदेशको प्रदेश अध्यक्षमा फेरि विजय यादवलाई चयन गरिएको छ । जनकपुरधाममा जारी मधेश प्रदेश समितिको समायोजन बैठकबाट अध्यक्षमा यादवलाई चयन गरिएको हो । यसअघि यादवले पदबाट राजीनामा दिएका थिए ।

- Advertisement -

बैठकले १५१ सदस्यीय समिति समेत छनोट गरिएको जसपा मधेश प्रदेश समितिले जनाएको छ । प्रदेश २ का भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री समेत रहेका यादव जसपाका कार्यकारिणी सदस्य तथा आर्थिक विभाग प्रमुख समेत रहेका छन् ।

जसपामा एक व्यक्ति एक पदको अवधारणा लागू गरेपछि उनले अध्यक्ष पदबाट राजीनामा दिएका थिए । अर्थमन्त्रीबाट हटाएपछि असन्तुष्ट रहेका यादवलाई प्रदेश अध्यक्षबाट राजीनामा दिन पार्टी नेतृत्वले दबाब दिँदै आएको थियो ।

- Advertisement -

यादवले राजीनामा दिएपछि प्रदेश अध्यक्षमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह, महोत्तरीका हरिनारायण यादव, धनुषाका रामअशिष यादव, बाल किशोर यादव, ज्ञानेन्द्रकुमार यादव, राजकिशोर यादव, शैलेन्द्र शाहलगायतका आकांक्षी देखिएका थिए ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार