17.1 C
Kathmandu
22.1 C
Birgunj

चेन्नई आइपीएलको फाइनलमा, दिल्ली ४ विकेटले पराजित

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२५ असाेज । दिल्लीलाई ४ विकेटले हराउँदै चेन्नई सुपर किङ्स इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा प्रवेश गरेको छ ।

- Advertisement -

दिल्लीमाथि लगातार २ वर्षको जितका खडेरी तोड्दै चेन्नईले गएराति दुबईमा भएको खेलमा जित हात पारेको हो ।

दिल्लीले भने अब फाइनल प्रवेशका लागि कोलकत्ता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंग्लोरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

दिल्लीले दिएको १ सय ७३ रनको लक्ष्य चेन्नईले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर भेट्टायो ।

चेन्नईको जितमा ऋतुराज गायकवाडले सर्वाधिक ७० र रोबिन उथप्पाले ६३ रनको योगदान गरे । कप्तान महेन्द्र सिंह धोनीले अविजित १८, मोइन अलीले १६ रन बनाए ।

दिल्लीका लागि टम करणले ३ विकेट लिए भने एन्रिच नोर्किया र आभेस खानले एक–एक विकेट हात पारे ।

यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १७२ रन बनाएको थियो ।

दिल्लीका लागि पृथ्वी शले ६० र कप्तान ऋषव पन्तले अविजित ५१ रनको योगदान गरे । यस्तै शिम्रन हिटमायरले ३७, अक्षर पटेलले १० रन जोड्दा शिखर धवन ७ रन जोडेर पभेलियन फर्किए ।

चेन्नईका लागि जोस हाजलउडले २ तथा रविन्द्र जडेजा, मोइन अलि र ड्वेन ब्राभोले १÷१ विकेट लिए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -