शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

सांसद खड्काले १५ वर्षदेखि...

काठमाडौँ — कांग्रेस सांसद दीपक खड्काले १५ वर्षदेखि कब्जा गरेको लैनचौरस्थित स्काउटको जग्गा...

आज – ०७ बैशाख...

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ सवारी...

एनआईटीबीएलले नेपालको आयात निर्यातमा...

बीरगन्ज,०६ वैैशाख । इन्टर मोडल यातायात विकास समिति (एनआईटीबीएल) ले नेपालको आयात निर्यातमा...

बीरगन्जको महाविरस्थान स्थित १...

बीरगन्ज,०६ वैशाख । पर्सा प्रहरीले बीरगन्जको महाविर स्थान नजिक एक गोदाममा छापा मारी...
18.1 C
Kathmandu
23.8 C
Birgunj

धनुषा : पाँच दिनदेखि हराइरहेका साह मृत अवस्थामा फेला

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुरधाम,२५ असाेज । धनुषामा पाँच दिनदेखि हराइरहेका एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । कमला नगरपालिका वडा नम्बर ३ निवासी नागेश्वर साह गाउँकै नहर नजिकको कल्भर्टमा मृत फेला परेको हो ।

- Advertisement -

गत बिहीबार साँझदेखि हराइरहेका ५५ वर्षीय साह मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक रबीन मैनालीले बताए । उनका अनुसार साह गत बिहीबार श्रीमतीसँगै लगमा बजार गएका थिए ।

तर लगमा बजारमा आयोजना गरिएको आर्केस्ट्रा हेरेर फर्किने बताएपछि साहकी पत्नी सुनितामात्रै घर फर्किएकी थिइन् । तर सो रात घर नआएका उनको खोजी गर्दा लास फेला परेको हो । स्थानीयहरुका अनुसार साह मदिरा सेवनकर्ता थिए ।

- Advertisement -

उनी मदिरा पिएर घरतर्फ आइरहेको बेला कल्भर्टमा लडेको र सोही क्रममा उनको मृत्यु भएको हुन सक्ने प्रहरी निरीक्षक मैनालीले बताए । घट्ना सम्बन्धमा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार