17.1 C
Kathmandu
22.1 C
Birgunj

डेढ वर्षपछि मंलगवा नाका दुईतर्फी सञ्चालनमा

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,२५ असाेज । सर्लाहीस्थित नेपाल–भारत सीमानाका दुईतर्फी रुपमा सञ्चालनमा आएको छ। मलंगवा भन्सार नाका दुईतर्फी रुपमा सवारी साधन ओहोरदोहोर हुन थालेको छ।

- Advertisement -

नेपाली पक्षबाट केही साताअघि नै नाका सञ्चलान गरिए पनि भारतीय पक्षले रोक लगाएका कारण सवारी साधन आवतजावत भएको थिएन। कोरोना भाइरस संक्रमणका कारण २०७६ चैत १० गते १० बजेदेखि बन्द रहेको मलंगवा नाका सञ्चालनमा आएको हो। त्यतिखेर जिल्ला स्थित १५ वटै नाका बन्द गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले भारतीय पक्षले पनि नाका खुला गरेको जानकारी दिए। ‘हाम्रोतर्फबाट त यसअघि नै नाका खुला गर्ने निर्णय भईसकेको थियो’, प्रहरी उपरीक्षक राठौरले भने, ‘भारतीय पक्षले भने माथिल्लो तहको आदेश नआएको भन्दै सवारी साधन आवागमनमा रोकेको थियो।’ कागजी प्रकृया पूरा गरेर तथा स्वास्थ्य मापदण्ड पूरा गरेर मात्र नाकामा सवारी साधन आवतजावत सुरु भएको राठौरले बताए ।

मलंगवा नाका सञ्चालनमा आएसँगै सवारी साधन आवागमन ह्वात्तै बढेको स्थानीयले बताएका छन्। बन्द रहेका अन्य नाका पनि क्रमशः सञ्चालनमा आउने बताइएको छ।

औपचारिक रुपमा नाका नखुल्दा सर्वसाधारणहरु खेत, खोला, खोल्सी भएर पैदल आवतजावत गरिरहेका थिए। चाडबाडको बेला नाका औपचारिक रुपमा नखुल्दा भारतीय व्यवसायीहरु बढी दुःखी थिए। भारतको सोनवर्षा लगायत सीमावर्ती बजारको झण्डै दुई तिहाई ग्राहक नेपाली नै रहेका छन्। सवारी साधन आवतजावत नहुँदा नेपाली ग्राहक भारतीय बजारसम्म जान सकिरहेका थिएनन्। नाका खुलेसँगै दुवै देशका सर्बसाधारण एवं व्यवसायीहरुमा खुशियाली छाएको छ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -