20.1 C
Kathmandu
24.4 C
Birgunj

दशैँको रंगमा रंगियो बीरगन्ज

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, २४ असोज । दुई वर्ष पछि बीरगन्ज पुनः दशैँको रौनकमा रंगिएको छ । हिन्दुहरुको महान पर्व बडा दशैँ बीरगन्जमा धुमधामका साथ मनाइदैछ । विगतका २ वर्ष कोरोनाका कारण प्रभावित हुँदै आएको दशैँ मेला यस वर्ष हर्षोल्लासका साथ मनाइदैछ ।

- Advertisement -

बीरगन्जका शक्तिपीठहरू गहवामाई मन्दिर, अलखिया मन्दिर, गीता मन्दिर, महावीर मन्दिर, बिर्तामाई मन्दिर, काली मन्दिर, रानीघाटको कुमारी माई मन्दिर लगायतमा दर्शन गर्ने श्रद्धालुहरुको भीडभाड देखिएको छ । साथै घण्टाघरस्थित वीपी उद्यान तथा लाल बंगलामा दशैँ रमाइलो मेला सुरु भईसकेको छ । दशैँ, तिहार र छठ पर्वको अवसरमा वीरगञ्जमा पर्सा, बारा, रौतहट, मकवानपुर, चितवन तथा भारत रक्सौलसम्मका सर्वसाधारणहरू विभिन्न सामान खरिद गर्न आउने गरेका छन् ।

जसका कारण हाल बीरगन्जलगायत यस आसपासका क्षेत्रमा व्यापक भीडभाड देखिएको छ । बीरगन्ज बजारमा लत्ताकपडा, मसला, ड्राइफूट, कस्मेटिकका सामान, खाद्यान्न जस्ता सामानको बिक्री दोब्बरले बडेको व्यवसायीहरूको भनाई छ । भीडभाडका कारण ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ ।

घण्टाघरदेखि मकालु चोकसम्म प्रहरीलाई ट्राफिक व्यवस्थापन गर्न हम्मेहम्मे परेको हो । सडकमै मेलाका सामग्री फूलपात, प्रसाद, शृङ्गारका सामान, खिलौना तथा जिलेबीका पसल लगाइएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -