बिहिबार, चैत्र १५, २०८०
Thu, March 28, 2024

विभिन्न स्थानमा पौडी खेल्ने...

काठमाडौँ,१५ चैत । दैलेखको भैरवी गाउँपालिका–३ सालपानी बस्ने १९ वर्षीय ज्ञानु तिरुवा कामीको...

दाइजोको निहुँमा पक्राउ...

बीरगन्ज,१५ चैत । बीरगन्जमा गत फागुन २८ गते दाइजोको निहुँमा भाँडिएको विहेस्थलबाट पक्राउ...

बीरगन्जबाट दुहुना भैंसीसहित २०...

बीरगन्ज,१५ चैत । पर्साबाट प्रहरीले २० लाख भन्दा बढी मूल्यका सामानसहित पशुचौपाया नियन्त्रणमा...

पर्साबाट कैदीबन्दीसमेतले दिए एसईई...

बीरगन्ज,१५ चेत । पर्सा जिल्लाबाट पहिलो दिन ७ जना कैदीबन्दीहरुसमेतले माध्यमिक शिक्षा परीक्षा...
19.1 C
Kathmandu
33.8 C
Birgunj

मोतिपुर घटनाबारे संयुक्त विद्यार्थी संगठनकाे आपत्ति

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२६ असाेज । संयुक्त विद्यार्थी संगठनले रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा केही दिन यता शृङ्खलाबद्ध रुपमा घटिरहेका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनीहरुले विजया दशमीको मुखमा सुकुमबासी जनताको अनाहकमा ज्यान जाने गरी घटना घटाइएको भन्दै घोर निन्दा र भर्त्सनासमेत गरेका छन् ।

- Advertisement -

मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले औद्योगिक क्षेत्र स्थापना गर्ने नाममा १३३ बिघा जमिन अधिग्रहण नगर्दै गत फागुन २१ गते तत्कालीन सरकारले राज्य शक्तिको चरम दुरुपयोग गरी मोतिपुर क्षेत्रमा बसोबास गरिरहेका सर्वसाधारण जनतालाई सत्ता र शक्तिको आडमा लखेट्ने दुस्साहसको परिणाम नै आज मोतिपुर क्षेत्र रणमैदान भएको प्रस्ट पारेका छन् । संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘अनाहकमा जनताको ज्यान गएको छ । यो घटनाको मुख्य कारण तत्कालीन प्रतिगामी सरकार र त्यसका अर्थमन्त्री भएको हाम्रो निष्कर्ष छ । तसर्थ मोतिपुर घटनाका मुख्य दोषी लगायत सम्पूर्णलाई उचित छानबिन गरी कडाभन्दा कडा कारबाही, मृतकलाई उचित क्षतिपूर्ति र घाईतेहरुको निःशुल्क उपचारका लागि जोडदार माग गर्दछौं ।’

मोतिपुर क्षेत्रमा बसोबास गरिरहेका सुकुमबासीको समस्या विलम्ब नगरी दीर्घकालीन समाधान गर्न पनि उनीहरुले सरकारसँग माग गरेका छन् । जनताको संविधान प्रदत्त माग राख्दा, आन्दोलन गर्दा दमन नगर्न पनि उनीहरुले चेतावनी दिएका छन् ।

- Advertisement -
Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार