बिहिबार, बैशाख ६, २०८१
Thu, April 18, 2024

पर्सा प्रहरीद्धारा १८ लाखका...

बीरगन्ज,०५ वैशाख । पर्साबाट प्रहरीले १८ लाख मूल्य बराबरकाे सामानसहित पशुचौपाया पक्राउ...

नाकाबन्दीमा भारतले सहयोग नगर्दा...

काठमाडौँ,०५ वैशाख । राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले २०७२ सालको नाकाबन्दी भारतले...

खाडी क्षेत्रमा २५४ मिलिमिटरसम्म...

काठमाडौँ,०५ वैशाख । खाडी क्षेत्रमा भीषण वर्षाका कारण जीवन अस्तव्यस्त भएको छ। यूएईमा...

नेपालको लगातार चौथो जित...

काठमाडौँ,०५ वैशाख । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको...
17.1 C
Kathmandu
24.3 C
Birgunj

कपिलवस्तुको कृष्णनगरमा फैलिएको झाडापखाला नियन्त्रणमा आउँदै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२६ असाेज । कपिलवस्तुको कृष्णनगरमा फैलिएको झाडापखाला नियन्त्रणमा आउन थालेको छ ।

- Advertisement -

गएको १८ गतेदेखि बिहान सात बजेसम्म ७ सय ५८ जना बिरामी कृष्णनगरको शिवराज अस्पतालमा उपचारका लागि आएकामा अहिलेसम्म ७ सय ३ जना निको भएर घर फर्किएका छन्। बाँकीको उपचार चलिरहेको शिवराज अस्पतालका डा. मुकेश चौधरीले बताए ।

अरु विभिन्न अस्पतालहरुमा पनि बिरामीहरुको उपचार चलिरहेको छ । कृष्णनगर नगरपालिकाको ७, ८ र ९ मा फैलिएको झाडापखाला तथा बान्ताका कारण अझै पत्ता नलागेपछि पानीको परीक्षणका क्रममा दिसामा पाइने जीवाणु भेटिएको छ । अहिले टोलटोलमा जनचेतनाको कार्यक्रमहरु भइरहेका छन् ।

- Advertisement -

नगरपालिका र स्वास्थ्यकर्मीको टोलीले खाना बनाउनु वा खानु अघि साबुन पानीले हात धुन, राम्ररी पाकेको खाना मात्र खान, बासी वा सडेगलेका खानेकुरा नखान, पानी उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र पिउनु अनुरोध गर्दै आएका छन् ।

कपिलवस्तुको कृष्णनगर नगरपालिकाको झाडापखाला प्रभावित क्षेत्रको पानीमा इकोली नामक किटाणु फेला परेको पाइएको छ । सरकारले भने यसअगाडि नै झाडापखाला नियन्त्रणमा आइसकेको जनाएको थियो ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार