17.1 C
Kathmandu
22.1 C
Birgunj

नेपाली जनताले मलाई सभापतिको रूपमा हेर्न चाहेका छन् : निधि

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुरधाम,२६ असाेज । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले तराई, हिमाल र पहाडसहितका नेपाली जनताले आफूलाई पार्टीको सभापतिको रूपमा हेर्न चाहेको बताएका छन् । धनुषा निर्वाचन २ मा आयोजित शुभकामना आदान प्रदान तथा कार्यकर्ता भेलालाई सम्‍बोधन गर्दै उपसभापति निधिले हिमाल, पहाड र तराइवासीबीचको भावनात्मक सम्बन्ध जोड्नका लागि आफूले उम्मेदवारी दिएको स्पष्ट पारे ।

- Advertisement -

१४औँ महाधिवेशनबाट तराईका जनता मात्र होइन हिमाल र पहाडका साथीहरूले काँग्रेसको सभापतिमा हेर्न चाहेको बताउँदै आफूलाई सभापतिमा समर्थन गर्नसमेत उनले आग्रह गरे । ‘केन्द्रीय सभापतिका लागि उम्मेदवारी दिँदैछु । निर्वाचन क्षेत्रबाट समर्थनका लागि सबैसँग अनुरोध गर्न आएको छुँ,’ उनले भने ।

सभापति देउवाले १३औँ महाधिवेशनमै अघिल्लो पटक १४ औँ महाधिवेशनमा आफूलाई सहयोग गर्ने वचन दिएकोले यस पटक सहयोग गर्ने भन्दै आएको बताए । सभापति देउवासँगको गरिएको कुराकानी उपसभापति निधिले कार्यकर्ताहरूलाई सुनाउँदै भने, ‘सबै नेताहरूकाबीच यो मेरो अन्तिम पटक हो, अब तपाईं नै हो भन्नुभएको छ, त्यसैले यसपाली सभापति देउवाले मलाई सहयोग गर्नुहुन्छ ।’ उपसभापति निधिले अबको पाँच वर्षपछि पार्टीको नेतृत्व युवापुस्ताले गर्ने दाबी गरे ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -