17.1 C
Kathmandu
22.1 C
Birgunj

मृतक परिवारलाई राहत र घाइतेको निःशुल्क उपचार गर्ने सरकारको घोषणा

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२७ असाेज । सरकारले मुगु, कास्की र अछाममा भएका सडक दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई उचित राहत र घाइतेको उद्धार एवं निःशुल्क उपचारको घोषणा गरेको छ ।

- Advertisement -

प्रधानमन्त्री शेरबहादुर देउवाले ट्वीटरमार्फत पछिल्ला सडक दुर्घटनाबारे सरकारको ध्यानाकर्षण भएको जनाएका छन् । सडक दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक तथा निजी सवारी साधनको नियमित परीक्षण एवं मर्मत, क्षमताभन्दा बढी यात्रु नराख्न र सुरक्षाका मापदण्ड अपनाउन पनि आग्रह गरेका छन् ।

प्रधानमन्त्रीले सडक दुर्घटनामा ज्यान गुमाउनेप्रति शोक व्यक्त गरेका छन् । मुगुमा भएको बस दुर्घटनामा मृत्यू हुनेको संख्या ३२ पुगेको छ । जसमा १० महिला रहेका छन् ।

२४ जनाको घटनास्थलमै र ४ जनाको मुगुको ताल्चा विमानस्थलमा, ४ जनाको उपचारको क्रममा नेपालगन्जमा र १ जनाको बाँकेको कोहलपुर अस्पतालमा मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -