17.1 C
Kathmandu
22.1 C
Birgunj

रेल संचालन नै नभई भुक्तानी

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुरधाम,२७ असाेज । रेल सञ्चालनको जिम्मा पाएको भारतीय कम्पनीलाई सरकारले ७ करोड २० लाख रुपैयाँ भुक्तानी गरेको छ । कोंकण रेल्वे कर्पोरेशन लिमिटेडलाई गत हप्ता अग्रिम भुक्तानीको रुपमा उक्त रकम भुक्तानी गरिएको हो ।

- Advertisement -

सरकारले जयनगर–जनकपुर रेल सञ्चालनको जिम्मा १ वर्षको सञ्चालनको जिम्मेवारी सोहि कम्पनीलाई दिएको छ।
सरकारले १ वर्षको लागि ३५ करोड दिने सम्झौता गरेको छ।
त्यसमा अहिले अग्रिम भुक्तानी गरिएको रेल विभागका महानिर्देशक दीपककुमार भट्टराईले बताए ।
सम्झौता अनुसार नै भुक्तानी गरिएको उनले बताएका छन्।
सम्झौतामा नै २० प्रतिशत रकम अग्रिम भुक्तानी गरिने बताइएको थियो। सोही अनुसार भुक्तानी जान थालेको हो ।
सम्झौता अनुसार सोही कम्पनीले भारतबाट २६ जना मुख्य प्राविधिक ल्याएर रेल सेवा सञ्चालन गर्ने उल्लेख गरिएको छ।
सरकारले एक वर्ष अघि भारतबाट खरिद गरेर ल्याएको दुइसेट रेल अझै सम्म सञ्चालन गर्न नसकेर धनुषाको इनरवा स्टेशनमा पार्किंग गरि राखेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -