17.1 C
Kathmandu
22.1 C
Birgunj

आज केही स्थानमा आंशिक बदली भई बाँकी स्थानमा मौसम सफा रहने

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,२७ असाेज । आज देशका केही स्थानमा आंशिक बदली भई देशका अधिकांश स्थानको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

- Advertisement -

महाशाखाका अनुसार देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली छैन ।

हाल सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रही पहाडी भू–भागको एक वा दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ ।

भरे राति पनि देशका पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -