शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

पर्सामा ४३५ परीक्षार्थी एसईईको...

बीरगन्ज,१६ चैत । पर्सा जिल्लामा ४ सयभन्दा बढी परीक्षार्थीे माध्यमिक शिक्षा परीक्षा (एसईई)...

सरकारले निर्माण व्यवसायीहरूको ६०...

काठमाडौँ,१६ चैत । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले निर्माण...

बालिका अपहरण गरी ...

बीरगन्ज, १६ चैत । बारामा १ जना सुस्त मनस्थितिकी बालिकालाई करणी गरेको आरोपमा...

चितवनमा बढे बैंकिङ कसुरका...

चितवन,१६ चैत । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९ महिनामा सात...
20.1 C
Kathmandu
30 C
Birgunj

धनुषाको राजदेवी मन्दिरमा दिइयो १४ हजार बोकाको बली

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

धनुषा । जनकपुरधामको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा यस वर्ष १४ हजारभन्दा बढी बोकाको बली दिइएको छ । महाअष्टमी तथा महानवमीका अवसरबुधबार राति ८ देखि नै उक्त बलि दिइएको हो । बिहीबार बिहान साढे ३ बजेसम्म १४ हजार २४१ बोकाको बलि दिइएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

- Advertisement -

हरेक वर्ष दशैँका बेला यस मन्दिरमा ठूलो संख्यामा बलि दिने गरिन्छ । त्रेता युगमा मिथिलाका राजा जनकका कुलदेवता मानिने राजदेवी मन्दिरमा महाअष्टमी तिथिको राति हरेक वर्ष नै ठूलो संख्यामा बलि दिने गरिन्छ ।

गत वर्ष भने कोरोना महामारीका कारण बलि कम थियो । गत वर्ष ८ हजार ९६८ बोकाको बलि दिइएकोमा त्यसको अघिल्लो साल अर्थात् २०७६ को दशैँका बेला भने १४ हजार ६३३ बोकाको बलि दिइएको थियो । यस मन्दिरमा वर्षभरिमा एकपटक मात्र बोका बलि दिने गरिन्छ । २०७५ मा पनि १४ हजार ९ सय ९७ बोकको बलि प्रदान गरिएको थियो ।

- Advertisement -

बलि प्रदानपूर्व राजदेवीको विशेष पूजा गरिएको थियो । बलिपूर्व सशस्त्र प्रहरीले बन्दूक पडकाएर सलामी समेत दिएपछि गएको राति ८ बजे देखि विहान ३ बजेसम्म बोका बलि कार्यक्रम संचालन भएको थियो ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार