20.1 C
Kathmandu
24.4 C
Birgunj

चन्द्रागिरि हिल्स दसैँमा पनि खुल्ला

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

चन्द्रागिरि हिल्सको केबलकार र रिसोर्ट दसैँको समयमा पनि बन्द नहुने भएको छ । वर्ष दिन भरी सञ्चालन गर्ने लक्ष्यसहित हिल्स दसैँमा पनि बन्द नहुने भएको हो । हिल्सले दसैँमा भालेश्वर मन्दिरको दर्शन गर्न जाने भक्तजनहरूलाई लक्षित गर्दै केबलकार बन्द नगर्ने भएको हो । चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेक विक्रम शाहले वर्षको ३६५ दिन नै चन्द्रागिरि हिल्स सञ्चालनमा आउने जानकारी दिए । उनले रातोपाटीसँग भने, ‘चन्द्रागिरि दसैँको अष्टमी, नवमी र दशमीमा पनि पूर्ण क्षमतामा चल्छ ।’

- Advertisement -

उनले कम्पनीका कर्मचारी आलोपालो गरेर सञ्चालनमा ल्याइएको बताए । उनका अनुसार चन्द्रागिरिको केबलकार र चन्द्रागिरि हिल्स रिसोर्ट पूर्ण क्षमतामा सञ्चालनमा छन् ।​ दसैँको समयमा चन्द्रागिरिमा दैनिक १५०० देखि २००० जना पुगिरहेको शाहले जानकारी दिए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -