शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
21.1 C
Kathmandu
28.8 C
Birgunj

‘म जुन तिमी तारा २’ को छायांकन सम्पन्न, केही सातामै सार्वजनिक गर्ने तयारी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, ३० असोज । बहुप्रतिक्षित नेपाली गीत म जुन तिमी तारा २ को म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ । कोरोना र लकडाउनका कारण अवरुद्ध हुँदै आएको म्युजिक भिडियोको छायांकन अन्ततः सम्पन्न भएको हो ।

- Advertisement -

सन् २०१६ मा सार्वजनिक भएको म जुन तिमी ताराको व्यापक सफलता पछि गीतको दोस्रो भाग करिब ५ वर्ष पछि सार्वजनिक गर्न लागिएको हो ।

अनुप तिवारीको शब्द, संगीत र स्वर रहेको गीतको भिडियोलाई बिएस मेकर स्टुडियोले निर्माण गरेको छ । भिडियोमा युवराज केशरी र नम्रता अर्याल फिचरिंग छन् भने भिडियोलाई सावन शर्माले निर्देशन गरेका हुन् । भिडियोको क्यामेरा र सम्पादन भने विकास गुरुंगले सम्हालेका छन् ।

- Advertisement -

छायांकन सम्पन्न भई सम्पादनको चरणमा रहेको भिडियो केही सातामै सार्वजनिक गर्ने तयारी भईरहेको भिडियोका मोडेल केशरीले बताएका छन् । नेपाल पोष्ट डेलिसँगको कुराकानीमा उनले अभिनयको दृष्टिकोणबाट गीतलाई भिडियोमा पुर्ण न्याय गरिएको बताए । भिडियोको कथालाई दर्शकले मन पराउनेमा आफु विश्वस्त रहेको उनको भनाई छ ।

म जुन तिमी तारालाई यसका निर्माताहरुले लभ एन्थम (प्रेम गान)को संज्ञा दिन्छन् । भर्खरै प्रेममा परेका, प्रेममा रहेका र प्रेममा परिसकेकाहरुको अन्तरमनको हर्षलाई गीतले मुखरित पार्ने निर्माताहरुको जिकिर छ ।

 

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार