शनिबार, बैशाख ८, २०८१
Sat, April 20, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
18.1 C
Kathmandu
25.5 C
Birgunj

सत्ता कब्जा लिएपछि तालिवानले लगाएका पाँच प्रतिबन्ध, हजामलाई दाह्री काट्न प्रतिवन्ध देखि विश्वविद्यालयमा छात्रालाई प्रतिबन्ध

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काबुल – गत १५ अगस्टमा अफगानिस्तानको सत्ता कब्जामा लिएका तालिवानले देशमा एकपछि अर्को प्रतिबन्ध लगाएका छन् । प्रस्तुत छ तालिवानले देशका नागरिकमाथि लगाएका केही अनौठा प्रतिबन्ध

- Advertisement -

१ हजामलाई दाह्री काट्न प्रतिवन्ध
तालिवानले अफगानिस्तानका नाऊ (हजाम)हरूलाई दाह्री काट्न प्रतिबन्ध लगाएको छ । नियम नमान्नेलाई सजाँय दिइने तालिवानको चेतावनी छ । हेल्मन्ड प्रान्तका नाऊहरूले आफूहरूलाई तालिवानले अबदेखि ग्राहकका दाह्री नकाट्न निर्देशन दिएको बताएका छन् । तालिवानका नेताहरुले नाऊलाई अमेरिकी सिको नगर्न फोनबाटसमेत चेतावनी दिएका छन् ।

२ शौचालय सफा गर्नेबाहेक अन्य कर्मचारी घरमै बस्न आदेश
तालिवानले काबुल महानगरका महिला कर्मचारीलाई अन्य व्यवस्था नहुन्जेल घरमै बस्न उर्दी जारी गरेको छ । तर, महिला शौचालय सफा गर्ने कर्मचारीलाई भने अनिवार्य उपस्थित हुन भनेको छ ।

- Advertisement -

३ सरकारी महिला कर्मचारीलाई काममा नर्फकन उर्दी
पहिलो शासनकालमा तालिवानले महिलामाथि विभिन्न प्रतिबन्ध लगाएको थियो । तालिवानले दोस्रो पटक सत्ता कब्जा गरेसँगै महिलाका अधिकार कटौती हुने धेरैले आशंका गरेका थिए । आखिर सर्वसाधरणले जे अनुमान गरेका थिए, त्यही भएको छ ।

४ छात्रालाई अलग्गै अध्ययन
सत्ता सम्हालेको दुई सातामै तालिवानले अफगान छात्राका लागि कडा नियम ल्याएको थियो । जसअनुसार अफगान विद्यालयमा छात्रछात्रासँगै पढ्न पाउने छैनन् । त्यस्तै, पुरुष शिक्षकले छात्रालाई पढाउन पाउने छैनन् । पढाउनै परेमा पर्दापछाडिबाट आधुनिक प्रबिधिको प्रयोग गर्न सक्ने जनाइएको छ ।

५ विश्वविद्यालयमा छात्रालाई प्रतिबन्ध
तालिवानले विश्वविद्यालयमा महिलाहरुलाई नजान भनेको छ । महिलाहरुले पढ्ने वातावरण नभएको भन्दै महिला अध्ययनमा प्रतिबन्ध लगाएको हो । तालिवानको प्रतिबन्धले विश्वविद्यालयका हजारौं छात्रा प्रभावित भएका छन् । काबुल विश्वविद्यालयका कूल विद्यार्थीको ४३ प्रतिशत छात्रा छन् । यसअघि तालिवानले विश्वविद्यालयका छात्रालाई अलग्गै पोसाक लगाउन बाध्य पारेको थियो । एजेन्सी

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार