शनिबार, बैशाख ८, २०८१
Sat, April 20, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
24.1 C
Kathmandu
35.5 C
Birgunj

नेपालले साफ च्याम्पियनसिपमा गरेको प्रदर्शन प्रसंशायोग्य : खेलकुद मन्त्री गहतराज

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपालले साफ च्याम्पियनसिपमा गरेको प्रदर्शनप्रति सन्तुष्ट व्यक्त गरेका छन् । उनले साफ फुटबलको फाइनलमा उच्च मनोबलका साथ खेलेको भन्दै प्रशंशा समेत गरेका छन् ।

- Advertisement -

साफ च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेर इतिहास बनाइसकेको भन्दै उपाधि जित्ने प्रयास गर्दा गर्दै नसकेपनि आफू निराश नभएको उनको भनाइ छ ।

‘म राष्ट्रिय फुटबल खेलाडीहरुको प्रदर्शनबाट निराश छैन, नयाँ आशा जगाएको छ,’ आइतबार काठमाडौंमा आयोजित साक्षात्कारमा मन्त्री गहतराजले भने,‘नेपालले अझ राम्रो प्रदर्शन गरेर भविष्यमा विभिन्न उपाधिहरु जित्न सक्छ ।’

- Advertisement -

आफूले खेल हुनुभन्दा अघि पनि टिम व्यवस्थापक, प्रशिक्षकसँग संवाद गरेको खुलाउँदै उच्च मनोबलका साथ खेलाडीहरुले खेल्ने अपेक्षा समेत गरेको सुनाए ।

नेपालले समग्रमा साफ च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेको गहतराजको ठम्याई थियो । उनले भने,‘नेपाली गोर्खा स्प्रिट सम्झेर खेल्न प्रेरित गरेको थिएँ र खेले पनि ।’ नेपालले भविष्यमा अझ राम्रो प्रदर्शन गर्न सक्ने देखिएको उनको भनाइ छ ।

भारतलाई लामो समयसम्म गोल गर्नबाट रोक्न सकेको भन्दै जितको आशा भने पूरा नभएको बताए । खेलाडीहरु खेल्दा खेल्दै असफल भएको उनको भनाइ थियो । उनले भने,‘असफलताबाट सिकेर सफलताका लागि बढ्नुपर्छ ।’ नेपालको खेलको समीक्षा हुने र भविष्यमा अझ खेलस्तर सुधार्न आवश्यक कदमहरु चालिने बताए ।

आफूले युवा र खेलकुदको विकासको आधार तयार गर्न काम थालिसकेको बताए । मन्त्री नियुक्त भएकै दिन देखि आफू काममा खटिइसकेको बताए । आफ्नो कार्यकालमा सम्झनलायक कामहरु गर्न योजनावद्ध तरिकाले बढिरहेको बताए ।

आफू काममा विश्वास गर्ने व्यक्ति भएको बताए । गफ र भाषणमा आफूले विश्वास नगर्ने र काममा नै विश्वास गर्ने भएकाले त्यस अनुसारको काम बढाउने बताए । देशभित्र निराशा पैदा भएकोले आशा बढाउनुपर्नेमा उनको भनाइ छ । उनले भने,‘युवाहरुलाई देशभित्रै काम गर्न जागरुक गराउने र आशावादी बनाउने आधार तयार गर्न लागेको छु ।’

खेल क्षेत्रलाई परिणाममुखी बनाउन अपेक्षित परिणाम हासिल नभएको मन्त्री गहतराजले बताए । बाल्यकालदेखि खेल क्षेत्रमा लगाउने आधार तयार गर्न लागेको उनको भनाइ छ । सोच र भिजन सार्वजनिक गरेर अगाडि बढ्ने बताउँदै उनले भने,‘काम गर्ने आधार तयार गरेको छु ।’

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार