एजेन्सी,०२ कात्तिक । भारतमा बिग बोस कार्यक्रमबाट चर्चाको शिखरमा आएकी युविका चौधरीलाई हरियाणा प्रहरीले सोमबार गिरफ्तार गरेको छ ।
युविकाले एक भिडियोमा जातिगत विषयमा टिप्पणी गरेको भन्दै उनीविरुद्ध उजुरी परेको थियो । सोमबार गिरफ्तार गरेपछि प्रहरीले युविकासँग ३ घन्टा लामो सोधपुछ गरेको बताइएको छ ।
अभिनेत्री चौधरीले प्रहरीका प्रश्नमा जवाफ दिएकाले यसबारे थप अनुसन्धान गर्नका लागि उनलाई प्रहरीले अन्तरिम आदेशमा पनि छोडेको छ । अब उनीबारे यस विषयमा सुनुवाई २४ नोभेम्बरमा हरियाणाको उच्च अदालतमा हुने भएको छ ।