Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026
Date
आइत, फाल्गुन ३, २०८२
Sun, February 15, 2026

उज्यालो नेपाल पार्टीको चुनावी...

काठमाडाै,०३ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१ गते...

पर्सा–१ मा दुई दर्जन...

  बीरगन्ज,०३ फागुन ।  पर्सा निर्वाचन क्षेत्र नं. १ मा जनमत पार्टीको संगठन विस्तार...

महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा...

काठमाडाै,०३ फागुन । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा भीडभाड बढेसँगै प्रहरीले सुरक्षा कडा...

पर्सा–२ मा चुनावी सरगर्मी:...

वीरगञ्ज, ३ फागुन — पर्सा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार तथा पूर्वमन्त्री...
spot_img

शेयर बजारमा ब्याजदर बृद्धिको असर कायमै,अधिकाँश कम्पनीको शेयरमूल्य घट्यो

spot_img

साताको तेस्रो कारोबार दिन मंगलबार पनि शेयर बजारमा ब्याजदर बृद्धिको असर कायमै देखिएको छ। बैंकहरुले सोमबार ब्याजदर बढेको सूचना निकालेपछि शेयर बजार निरन्तर उच्च अंकले घट्न थालेको छ।

मंगलबार नेप्से सूचक ७६.९६ अंकले घटेर २५११.१० विन्दुमा झरेको छ भने सेन्सेटिभ इन्डेक्स पनि १३.२३ अंकले घटेको छ।

नेप्से सूचक घट्दा पनि कारोबार रकम भने बढेको छ। सोमबार ३ अर्बभन्दा कमको शेयर कारोबार भएकोमा मंगलबार ३ अर्ब ७८ करोड रुपैयाँको शेयर कारोबार भएको छ। यस दिन ९५ लाख ७५ हजार ६०१ कित्ता शेयर ३ अर्ब ७८ करोड ३४ लाख २२ हजार ९९५ रुपैयाँमा खरिद बिक्री भएको छ।

यस दिन कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ। कारोबारमा अधिकाँश कम्पनीको शेयरमूल्य घट्दा सबै उपसमूहको सूचक नकारात्मक देखिएको हो। यस दिन फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ५ प्रतिशतभन्दा धेरैले घटेको छ।

मंगलबार कारोबारमा आएका ७ वटा कम्पनीको मात्रै शेयरमूल्य केही बढेको छ। यस दिन महुली सामुदायिक लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ४.४९ प्रतिशतले बढेको छ भने मानुसी लघुवित्तको ४.०१ प्रतिशत, माउन्टेन इनर्जीको ३.५५ प्रतिशत, मेरो माइक्रोफाइनान्सको २ प्रतिशत र कालिका लघुवित्तको १.७५ प्रतिशतले बढेको छ।

यता नेपाल हाइड्रो डेभलपर्सको शेयरमूल्य सबैभन्दा धेरै ९.७७ प्रतिशतले घटेको छ भने नेशनल हाइड्रोपावरको ९.४९ प्रतिशत, अरुण भ्याली हाइड्रोपावरको ८.७१ प्रतिशत, मैलुङ खोला जलविद्युतको ८.०२ प्रतिशत र पोखरा फाइनान्स ७.९६ प्रतिशतले घटेको छ।

यस दिन नविल बैंकको सबैभन्दा धेरै ११ करोड १३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने अपि पावरको ९ करोड ९५ लाख, नेश्नल हाइड्रोको ९ करोड ९५ लाख, हिमालयन डिस्टिलरीको ९ करोड १० लाख र एनआइसि एशिया बैंकको ८ करोड ८१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय