शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

पर्सामा ४३५ परीक्षार्थी एसईईको...

बीरगन्ज,१६ चैत । पर्सा जिल्लामा ४ सयभन्दा बढी परीक्षार्थीे माध्यमिक शिक्षा परीक्षा (एसईई)...

सरकारले निर्माण व्यवसायीहरूको ६०...

काठमाडौँ,१६ चैत । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले निर्माण...

बालिका अपहरण गरी ...

बीरगन्ज, १६ चैत । बारामा १ जना सुस्त मनस्थितिकी बालिकालाई करणी गरेको आरोपमा...

चितवनमा बढे बैंकिङ कसुरका...

चितवन,१६ चैत । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९ महिनामा सात...
24.1 C
Kathmandu
35 C
Birgunj

प्रदेश-१ का मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०७ कात्तिक । प्रदेश-१ का मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत लिँदै हुनुहुन्छ । अस्ति शुक्रवार प्रदेश सभा बैठकमा उहाँले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्नु भएको थियो ।

- Advertisement -

यो प्रस्तावमाथि आज दिउँसो बस्ने बैठकमा छलफल गरी मतदान हुन लागेको हो । प्रस्तावमाथि छलफल र मत विभाजनका लागि सभामुख प्रदीपकुमार भण्डारीले अहिले दिउँसो साढे १२ बजे हिउँदे अधिवेशनको बैठक बोलाउनु भएको छ । गएको भदौ महिनामा मुख्यमन्त्री नियुक्त भएका आचार्यको पद एमाले विभाजनसँगै धरापमा परेको छ ।

प्रदेश सभामा आवश्यक बहुमत प्राप्त गर्न ४७ जना सांसद आवश्यक पर्दछ । नेकपा एमाले विभाजनसँगै १० जना सांसद एकीकृत समाजवादीमा गएपछि एमालेसँग ४१ जना सांसद बाँकी छन् । एमाले विभाजन भएका कारण अल्पमतमा रहेका आचार्यले प्रदेश सभामा विश्वासको मत पाउने सम्भावना कम छ ।

- Advertisement -

प्रदेश सभामा विपक्षी गठबन्धनको पक्षमा ५० जना सांसद छन् । नेपाली कांग्रेस २१, नेकपा माओवादी १५, नेकपा एस १०, जसपा ३, राप्रपा र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको १/१ जना प्रदेश सभा सदस्य छन् । आज बस्ने बैठकमा मुख्यमन्त्रीले विश्वासको मत नपाए प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन् ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार