9.1 C
Kathmandu
17.6 C
Birgunj

सीके राउतविरूद्ध आक्रामक बने प्रदेश २ का मन्त्री

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,०९ कात्तिक । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको कार्यालय घेराउ गर्ने र प्रदेश सरकारलाई नै हटाउने चेतावनी दिएपछि प्रदेशका मन्त्रीहरु उनीप्रति आक्रामक रुपमा प्रस्तुत हुन थालेका छन् ।

- Advertisement -

प्रदेश सरकारका सामाजिक विकासमन्त्री नवलकिशोर साहले राउतलाई दलालको संज्ञा दिएका छन् । सोमबार जनकपुरधाममा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री साहले आफूलाई ठूलो वैज्ञानिक भन्न रुचाउने जनमत पार्टीका अध्यक्ष डा.सिके राउत दलाल रहेको आरोप लगाए ।

उनले सिके राउत देशभित्र नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको र अन्तर्राष्ट्रियस्तरमा अमेरिकाको दलाल बनेर नेपालमा अस्थिरता ल्याउन खोजिरहेको आरोप समेत लगाए ।

मन्त्री साहले सिके राउतसँग सम्पूर्ण नेपाली जनतालाई सचेत हुनुपर्ने र अहिले उनको प्रतिकार गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

यता, डा.राउतले हिरासतमा रहेका आफ्ना १७ जना कार्यकर्तालाई प्रहरीले यातना दिईरहेको र भेटघाटसमेत गर्न नदिईरहेकोले अब प्रदेश सरकारबिरुद्ध प्रदर्शनमा उत्रिने चेतावनी दिएका छन ।

डा.राउतले हिरासतमा रहेका आफ्ना कार्यकर्ताको रिहाइका लागि आन्दोलनको तयारी गर्न आह्वान समेत गरेका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -