9.1 C
Kathmandu
17.6 C
Birgunj

तीन तहकै निर्वाचनको तयारी थाल्न नेता कार्यकर्तालाई ओलीको निर्देशन

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,०९ कात्तिक । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले अब मुलुक तीन तहकै निर्वाचनतर्फ जाने भन्दै आफ्ना नेता तथा कार्यकर्तालाई तयारी रहन निर्देशन दिएका छन् ।

- Advertisement -

मंगलबार एकैपटक ७५३ वटै स्थानीय तहमा एमालेको पालिका/इलाका अधिवेशन केन्द्रीय कार्यालयबाट जुममार्फत उद्घाटन गर्दै अध्यक्ष ओलीले केन्द्रीय, प्रादेशिक र स्थानीय तहको निर्वाचन गर्ने गरी मुलुकअघि बढ्ने भन्दै नेता तथा कार्यकर्तालाई तयारी रहन निर्देशन दिएका हुन् ।

यद्यपि, मिति र समय भने अहिले नै तय भइनसकेको भन्दै उनले अब मुलुक निर्वाचनतर्फ अघि बढ्ने बताए ।

कानुनको गलत प्रयोगबाट एमालेका हरेक नेता कार्यकर्तामाथि पीडा दिएको बताएका ओलीले एमालेले आफ्ना नेता तथा कार्यकर्तालाई अनुशासनमा राख्नसमेत नदिने गरी आदेशहरू जारी भएकाे टिप्पणी गरे ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -