9.1 C
Kathmandu
17.6 C
Birgunj

मंसिर १ गतेदेखि ‘२० युनिटसम्म बिजुली फ्री’

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,०९ कार्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युतीय यातायातलाई सरकारले बढावा दिने बताएकी छन् । उनले मंसिर १ गतेदेखि २० युनिटसम्मको बिजुली बाल्नेहरुलाई निःशुल्क दिने बताइन् ।

- Advertisement -

डोमेस्टिक कन्जम घटेको महशुल र सिँचाईमा घटेको महशुल लागू हुने पनि उनले बताएकी छन् । मंगलबार काठमाडौंमा महिन्द्राद्वारा ८ लाख ४० हजारको ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री भुसालले विद्युतीय यातायातलाई सरकारले बढावा दिने बताएकी हुन् ।

उनले आजसम्म नेपालीलाई चाहिने जलविद्युतको पर्याप्त उत्पादन गरिसकेको बताउँदै अबको बाटो आफ्नै देशमा विद्युतीय सवारीसाधनसहित विद्युतीय सामानहरु बढाउने रहेको बताइन् । असन्तुलित अर्थतन्त्रलाई सन्तुलित बनाउन विद्युतीय सवारी साधनहरुले सहयोग गर्ने पनि उनले स्पष्ट पारिन् ।

विद्युतीय सवारी साधनले रोजगारीमा पनि सहयोग पुग्ने बताउँदै उनले विद्युतीय सवारीलाई बढावा दिन अब काठमाडौं उपत्यकका सरकारी कार्यालयहरुमा र उपत्यकामा चल्ने सबै सवारीसाधनहरु विद्युतीय खरिद गर्ने नीति सरकारले ल्याएको बताइन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -