शनिबार, बैशाख ८, २०८१
Sat, April 20, 2024

बीरगन्ज भन्सारद्वारा ९ महिनामा...

बीरगन्ज,०८ वैशाख । मुलुकको प्रमुख भन्सार नाका बीरगंज भन्सार कार्यालय आइसिपीले चालु आर्थिक...

विज्ञको सुझाव : कलेजोलाई...

काठमाडौं,०८ वैशाख ।आज विश्व कलेजो दिवस “सतर्क रहनुहोस्, नियमित कलेजो जाँच गराउनुहोस् र...

डा. गोविन्द केसीको सरकारलाई...

काठमाडौं,०८ वैशाख । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ...

पर्साको छिपहरमाई आगलागी

बीरगन्ज,०८ वैशाख । पर्साको छिपहरमाई गाउँपालिकामा भएको आगलागी छिमेकी राज्य भारतबाट सल्केर आएको...
30.1 C
Kathmandu
43.7 C
Birgunj

बीरगन्जमा स्क्रब टाइफसका बिरामीको सङ्ख्या बढ्दै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०९ कात्तिक । विगत केही समय यता बारा, पर्सा, रौतहट लगायतका जिल्लाहरूमा स्क्रब टाइफसका बिरामीको सङ्ख्या बढ्दै गएका छन् ।

- Advertisement -

नारायणी अस्पतालका चिकित्सक फिजिसियन डा. निरज सिंहले नारायणी अस्पतालमा उच्च ज्वरो, टाउको दुख्ने, शरीर र मांसपेशी दुख्ने, शरीरका विभिन्न भागमा साना र ठुला गरी रातो डाबर आउने जस्ता लक्षण भएका बिरामीहरू आउन थालेको र उनीहरूलाई परीक्षणको क्रममा स्क्रब टाइफस देखिएको बताउनुभयो ।

वर्षायाम पछि पानी जमेर यो रोग सर्ने भुसुना बढेर पनि रोगीको सङ्ख्या बढेको हुन सक्ने चिकित्सक सिंहले बताए ।

- Advertisement -

यसै गरी बीरगन्जका अन्य निजी अस्पताल र क्लिनिकहरूमा समेत यसका रोगी उपचारका लागि आउन थालेको चिकित्सकहरूले बताएका छन् ।

विशेष गरी पर्साको पोखरिया नगरपालिका र ग्रामीण क्षेत्रबाट बिरामीहरू आउने गरेको चिकित्सकहरूले बताएका छन् । अस्पतालमा आउने बिरामीहरूको प्रयोगशालामा रगत परीक्षण पछि स्क्रब टाइफस भए नभएको पहिचान हुने र सोही अनुसार उपचार पनि हुने चिकित्सकहरूले बताएका छन् ।

यसको उपचार सस्तो भए पनि समयमा उपचार नपाउँदा बिरामीको मृत्यु समेत हुने चेतावनी चिकित्सकहरूले दिएका छन् ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार