10.1 C
Kathmandu
18.2 C
Birgunj

पर्सामा एमालेको ११ स्थानीय तहको अधिवेशन सम्पन्न

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०९ कात्तिक । नेकपा एमालेको आज बीरगन्जसहित पर्सा जिल्लाका ११ वटा स्थानीय तहमा पालिका स्तरका कमिटीको अधिवेशन सम्पन्न भएको छ । पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा ७५३ पालिकास्तरमा अधिवेशन हुन लागेको हो ।

- Advertisement -

विशेष क्षेत्रअन्तर्गतका इलाकाको पनि एकैसाथ अधिवेशन भइरहेको छ । अधिवेशनको पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कार्यालय, थापाथलीबाट आज दिउँसो १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्नु भएको नेकपा एमाले पर्साका अध्यक्ष प्रभु हजराले बताए ।

आज बीरगन्ज महानगरपालिका सहित पर्सागढी, पोखरीया, बहुदरमाई नगरपालिका र ठोरी, पटेर्वा सुगौली, जिराभवानी, विन्दवासिनी, जगरनाथपुर, धोविनी लगायतका गाउँपालिकाहरूमा सर्वसम्मत रुपमा नगर तथा गाउँपालिका स्तरीय अधिवेशनले नेतृत्व चयन गरेको छ ।

त्यसै गरी बुधवार धोविनी गाउँपालिका र बिहीबार कालिकामाई र पटेर्वासुगौली गाउँपालिकाको नेतृत्व चयन गर्ने नेकपा एमालेका जिल्ला अध्यक्ष हजराले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -