9.1 C
Kathmandu
17.6 C
Birgunj

उपनेता प्रदेश सांसद यादव – जसपाको शक्ति मजबुत संगठन

सिफारिस

जनकपुरधाम, कार्तिक ९ गते। जनता समाजवादी पार्टी नेपाल प्रदेश नं २ का प्रदेश सभा संसदीय दलका उपनेता प्रदेश सांसद रामअशिष यादवले शोषित पीडित मधेशी,दलित,आदिवासी जनजाति, मुस्लिम र पिछडावर्ग समुदायको अधिकार प्राप्तिका लागि देशमा वैकल्पिक शक्तिको रूपमा जसपा नेपाल पार्टीको उदय भएको कुरा बताउनुभएको छ।

- Advertisement -

जसपा नगर समिति नगराईन नगरपालिका द्वारा अायोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उपनेता यादवले रुढीवादी विचारधाराबाट प्रभावित कांग्रेस र एमाले पार्टी प्रति मधेशी दलित, आदिवासी, जनजाति पिछडावर्गको विश्वास नरहेको कुरा औल्याउनु भयो।
उहाँले जसपा नेपाल पार्टीको शक्ति मजबुत संगठन र अनुशासित, प्रशिक्षित नेता कार्यकर्ताहरुको कुरा बताउनुभएको छ।

जसपा नगर समिति नगराईन नगरपालिका का अध्यक्ष चुडामणि ठाकुर को अध्यक्षता मा सम्पन्न कार्यक्रममा प्रदेश सांसद चमेली देवी दास, केन्द्रीय सदस्य द्वय बेचन मुखिया,सबनम खातुन, संघीय परिषद सदस्य प्रेम चन्द्र झा, पुर्व प्रदेश सचिव शेषनारायण यादव, प्रदेश सदस्य हरु विजय कुमार भगत,ममता पाठक, जिल्ला अध्यक्ष पशुपति यादव, उपाध्यक्ष अम्भु प्रसाद साह, बौध्दिक पेशा कर्मि महासंघ के केन्द्रीय उपाध्यक्ष जितेन्द्र यादव, जिल्ला अध्यक्ष ब्रजकिसोर यादव, जसपा जनकपुरधाम उपमहानगरपालिका नगर अध्यक्ष विष्णु देव साह, प्रेस मंचका केन्द्रिय उपाध्यक्ष आतिश मिश्रा,बौद्धिक नेता महेश मंडल, अमरेन्द्र कुमार झा, सहितका वक्ताहरुले बोल्नु भएको थियो।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -