9.1 C
Kathmandu
17.6 C
Birgunj

युरोप फेरि कोरोना ‘महामारीको केन्द्र’ बन्न सक्छः डब्ल्युएचओ

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ- विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले युरोप फेरि कोरोना भाइरस संक्रमणको केन्द्र बन्न सक्ने चेतावनी दिएको छ।

- Advertisement -

डब्ल्युएचओका युरोप निर्देशक हान्स क्लुगेले युरोप आगामी तीन महिनाभित्र महामारीको केन्द्र बनेर सोही अवधिमा ५ लाखसम्म मानिसको मृत्यु हुन सक्ने चेतावनी दिएका छन् ।

गत हप्ता विश्वमा आधाभन्दा बढी कोरोना संक्रमण तथा आधाजति मृत्यु मध्य एसियासमेत युरोप क्षेत्रमा भएको बताउँदै उनले यसको केन्द्र भने अब युरोप हुने चेतावनी दिएका हुन् ।

‘युरोपका ५३ देशमा देखिएको कोरोना संक्रमणको गति चिन्ताको विषय भएको भन्दै, क्लुगेले, संक्रमणबाट जोगिनका लागि अपनाउनुपर्ने नियमलाई खुकुलो पारिएकाले संक्रमण बढेको बताएका छन् ।

संक्रमण रोक्न खोप अभियानलाई तीव्रता दिन तथा भौतिक दूरीमा ध्यान दिन उनले अपिलसमेत गरेको बीबीसीले जनाएको छ ।

डब्ल्युएचओका अनुसार कोरोनाले युरोपेली देशमा अहिलेसम्म १४ लाख मानिसको मृत्यु भइसकेको छ।

डब्ल्युएचओका कोभिड(१९ प्राविधिक प्रमुख मरिया भान कर्कोफका अनुसार खोप र सामाग्रीको उपलब्धताका बावजुद पछिल्लो चार सातामा युरोपभरि सङ्क्रमित ५५ प्रतिशतले बढेका छन् । यो तथ्यांक ‘विश्वका लागि चेतावनी’ भएको उनको भनाइ छ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -