शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

३,५०० टन रासायनिक मल...

सिन्धुपाल्चोक,०७ वैशाख । चीनबाट आयात गरिएको रासायनिक मल तातोपानी भन्सार कार्यालयबाट काठमाडौँतर्फ धमाधम...

एकीकृत समाजवादीले सदस्यहरूको सदस्यता...

काठमाडौँ,०७ वैशाख । नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका...

जन्ती बस दुर्घटनामा ज्यान...

काठमाडौँ,०७ वैशाख । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका पिस्करमा भएको जन्ती बस दुर्घटनामा ज्यान गुमाउने...

भारतमा संघीय संसदको लागि...

काठमाडौं,०७ वैशाख । छिमेकी देश भारतमा आजदेखि संघीय संसद अन्तर्गत तल्लो सदनकालागि निर्वाचन...
26.1 C
Kathmandu
38 C
Birgunj

‘प्रधानन्यायाधीशले आजै राजीनामा दिए ससम्मान बिदा गर्छौँ’ :आन्दोलित कानून व्यवसायी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ– सोमबार नेपाल बार एशोसिएशनको नेतृत्वमा कानून व्यवसायीले सर्वोच्च अदालतमा धर्नासमेत दिएका कानून व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको राजीनामा माग गर्दै आजै राजीनामा दिए ससम्मान बिदा गर्ने बताएका छन् ।

- Advertisement -

धर्नामा जानुअघि कोणसभालाई सम्बोधन गर्दै कानून व्यवसायीहरुले न्यायापालिकालाई सुदृढीकरण गर्न प्रधानन्यायाधीशले मार्ग प्रशस्त गर्नुपर्ने बताएका छन् ।

नेपाल बार एशोसिएशनका का पूर्व सदस्य रमण मकुमार कर्णले भने, ‘न्यायाधीशले प्रधानन्यायाधीशको राजीनामा माग्नु आफैमा दुःखद् कुरा हो । माग गर्दा पनि राजीनामा नदिनु झन् ठूलो दुःख को कुरा हो । आज राजीनामा दिनु भयो भने ससम्मान बिदा गर्दछौं ।’

- Advertisement -

यस्तै वरिष्ठ अधिवक्ता तथा संवैधानिक कानून व्यवसायी मञ्चका अध्यक्ष दिनेश त्रिपाठीले प्रधानन्यायाधीश राणाले न्यायापालिकालाई संकटमा पारे बताए । उनले भने, ‘न्यायापालिका प्रधनन्यायाधीशकै कारण असम्मानित भएको छ । उहाँ न्यायापालिकाको समस्या हुनुभएको छ । उहाँकै कारण सेवाग्राही ले दुःख पाएका छन्। उहाँकै न्यायाधीशहरुले साथ छोडेका छन् ।’

उनले सम्मान पाउन सम्मानजनक काम पनि गर्नुपर्ने बताए । उनले सञ्चार माध्यममा कुनै न्यायाधीशले आफ्नो बचाउमा अन्तर्वार्ता दिनु दुःखद् भएको बताए । प्रधानन्यायाधीश राणाले आफ्नो बचाउँमा अन्र्वार्ता दिएका थिए ।

त्रिपाठीले भने, ‘उहाँ जतिदिन प्रधान प्रधान्यायाधीशको पदमा बस्नुहुन्छ । उति नै उक्त पद को अपमान हुन्छ । जति सक्दो उहाँले छिटो राजीनामा दिनमा नै सबैको भलाइ हुन्छ । पशुपतिनाथले उहाँलाई सद्बुद्धी प्रदान गरुन र उहाँले जतिसक्दो चाँडो राजीनामा दिनुहोस् भन्छु ।’

यस्तै बार एशोसिएशनका उपाध्यक्ष ईश्वरी प्रसाद भट्टराईले पनि प्रधान्यायाधीश राणा समस्याका रुपमा देखा परेको बताए । उनले यस्तो संकटमा पनि राजनीतिक दलहरु चुप लाग्नु दुःखको विषय भएको भन्दै बारको आन्दोलन दलप्रति सोझिने चेतावनी दिए ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार