मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
24.4 C
Birgunj

विभिन्न हिन्दुवादी संगठनहरुद्वारा बीरगन्जमा विरोध प्रर्दशन (भिडियो सहित)

मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गर्दै सरकारविरुद्ध नारावाजी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, ३० कार्तिक – बीरगन्जमा मंगलबार विभिन्न हिन्दुवादी संगठनहरुले विरोध ¥याली प्रदशर्न गरेका छन् । छठ पर्वको दिन धनुषा, बारासहित विभिन्न स्थानमा हिन्दुमाथि भएको दमनविरुद्ध हिन्दुवादी संघ संस्थाहरुले ¥याली निकालेर विरोध जनाएका हुन् ।

- Advertisement -

हिन्दु समाज पर्सा सहित विभिन्न हिन्दुवादी संगठनहरुले संयुक्त रुपमा ¥याली निकालेर मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गर्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए । हिन्दु समाज पर्सा, हिन्दु युवा संघ नेपाल, हिन्दु परिषद् नेपाल, हिन्दु स्वयंसेवक संघ नेपाल लगायतका संघ संस्थाहरुले बीरगञ्जको लालबंगलाबाट विरोध ¥याली निकालेका हुन् ।

बीरगन्जस्थित रातो बंगलाबाट शुरु भएको ¥यालीमा प्रदर्शनकारीले इश्लामिक अतिवादी बन्द गर, हिन्दू माथिको आक्रमण बन्द गर, भ्रष्ट मुख्यमन्त्री राजीनामा दे, हिन्दू एकता जिन्दावाद, जय श्री राम, हर हर महादेव लगायतका नारा लगाएका थिए । ¥याली घण्टाघर, माइस्थान, महाविर स्थान, अलखिया मठ, विर्ता माई मन्दिर, छपकैयास्थित छठ घाट हुँदै नगर परिक्रमा गर्दै पुनः घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो ।

- Advertisement -

¥यालीपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै वक्ताहरुले देश संघीय प्रणालीमा गएपछि प्रदेश २ मा मुस्लिम समुदायका मुख्यमन्त्री र हरेक तहमा मुस्लिमहरूको पहुँच भएदेखि निरन्तर रुपमा बारम्बार हिन्दू समुदायमाथि भौतिक रुपमा आक्रमण गर्ने, क्षति पु¥याउने र धार्मिक एवं सामाजिक सहिष्णुता खल्बल्याउने कार्य भईरहेको आरोप लगाए । धार्मिक असहिष्णुता फैलाउनमा मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दी नै लागिरहेको वक्ताहरुले आरोप लगाए । आगामी दिनमा हिन्दू समुदायमाथि हुने कुनै पनि किसिमको आक्रमण सह्य नहुने चेतावनी पनि सो क्रममा वक्ताहरुले दिएका छन् । वक्ताहरुले हिन्दुहरुको सहनशीलता र शान्तिप्रियतालाई कुनै पनि पक्षले कमजोरी नठान्न समेत चेतावनी दिए ।

विरोध सभामा हिन्दु परिषद् नेपालका अध्यक्ष सन्तोष पटेलसहित विभिन्न हिन्दुवादी संगठनका प्रमुख एवम् पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -