शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

पर्सामा ४३५ परीक्षार्थी एसईईको...

बीरगन्ज,१६ चैत । पर्सा जिल्लामा ४ सयभन्दा बढी परीक्षार्थीे माध्यमिक शिक्षा परीक्षा (एसईई)...

सरकारले निर्माण व्यवसायीहरूको ६०...

काठमाडौँ,१६ चैत । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले निर्माण...

बालिका अपहरण गरी ...

बीरगन्ज, १६ चैत । बारामा १ जना सुस्त मनस्थितिकी बालिकालाई करणी गरेको आरोपमा...

चितवनमा बढे बैंकिङ कसुरका...

चितवन,१६ चैत । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९ महिनामा सात...
24.1 C
Kathmandu
35 C
Birgunj

बीरगन्जमा खुल्दै भाटभटेनी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

नेपालकै सबैभन्दा ठूलो डिपार्टमेन्टल स्टोरको रूपमा चिनिने भाटभटेनी सुपर मार्केटको शाखा बीरगन्जमा पनि विस्तार हुने भएकोछ । भाटभटेनीको १९औं शाखाको रूपमा बीरगन्जमा ढिलै भएपनि निर्माण कार्य शुरू भएको छ ।

- Advertisement -

करीब डेढ अर्ब रुपैयाँको लगानीमा सुविधासम्पन्न भाटभटेनीको शाखा सञ्चालनमा ल्याउने लक्ष्यका साथ निर्माण कार्य भइरहेको छ । पछिल्लो तीन महीनादेखि बीरगन्ज–१४ बहुअरीस्थित सिप्रदी ट्रेडिड्ढो दक्षिणपट्टि टाँसिएकै जग्गा किनेर निर्माण कार्य भइरहेको छ । अहिले चारैतिरबाट कर्कटपाताले घेरेर जग तथा अन्य भौतिक संरचनाको निर्माण कार्य शुरू भएको प्राविधिकहरूले बताएका छन् ।

भाटभटेनीको लागि एक बिघा जग्गामा निर्माण कार्य शुरू गरिएको छ । गण्डक, बहुअरीको मुख्य सडकखण्डको पूर्वपट्टिको उक्त जग्गा खरीदमा रु ९० करोडभन्दा बढी खर्च भएको एकजना जग्गाधनीले बताए ।

- Advertisement -

डिपार्टमेन्टल स्टोरमा खाद्य सामग्री, लत्ताकपडा, दैनिक उपभोग्य सामान, कस्मेटिक सामान, सवारीसाधन, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामान बिक्री हुने बताइएको छ । समाज आधुनिकतातर्फ गइरहेकोले एकै थलोमा सबै सामान बिक्री गर्ने हिसाबले भाटभटेनी सुपर मार्केटले काठमाडौंका विभिन्न स्थान, चितवन, हेटौंडा, धरान, इटहरी, विराटनगर, भैरहवा, बुटवललगायत ठाउँमा शाखा सञ्चालन गरिसकेको छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार