10.1 C
Kathmandu
18.2 C
Birgunj

बाराको परवानिपुर गापामा नेपाली कांग्रेसको बुध कमिटि छनौटमा बिबाद

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बारा,७ मंसिर बारा को परवानिपुर गाउपालिका वडा नं ५ बहुअरी मा आफ्नो पक्ष मा कृयाशिल सदस्य कम रहेकोले आफ्नै पक्ष को बुथ सभापति निर्वाचित गराउनका लागि लालबाबु यादव को पक्षले पैसा को बल मा गोप्य स्थान मा जालसाजी वडा को अधिबेशन गराएको कुन्जबिहारी कुर्मी पक्षको नेता तथा कर्याकर्ताले आरोप लगाएका छन ।

- Advertisement -

पत्रकार माहासंघ पर्साको सभाहल मा बोल्दै कुर्मी ले थप ९ जना कृयाशिल सदस्यको बिबादले कार्तिक २९ गते स्थगित भएको वडा अधिबेशन सोहि दिन रातिमा गोप्य स्थानमा उपस्थित नै नभएको ब्यक्तिको किर्ते उपस्थिति र किर्ते हस्ताक्षर गरि मैनेटिङ्ग तयार गरि पार्टी को प्रमुख निर्वाचन अधिकृत राजन दाहाल समक्ष पेश गरे लगतै अर्को कुर्मी पक्ष ले बिरोध गर्दा निर्वाचन अधिकृत दाहाल ले बदर गरि मंसिर २ गते निर्वाचन को मिति तय गरेको थियो ।

मंसिर २ गते कुर्मि पक्ष ले निर्वाचन हुने स्थान मा बिहान १० बजे देखि दिउसो ४ बजे सम्म निर्वाचन अधिकृत उमाशन्कर यादव सङ्ग सम्पर्क गर्दा अधिकृत यादव सम्पर्क बिहिन भएको र प्रमुख निर्वाचन अधिकृत राजन दाहाल सङ्ग पनि सम्पर्क गर्दा आलटाल गरि कुरा गरेका थिए ।

निर्वाचन अधिकृत राजन दाहाल ,नेपाली काङ्ग्रेस बारा क्षेत्र न. ४ का क्षेत्रीय सभापति सुनिल गुप्ता ,जिल्ला सभापति जयचन्द्र चौरसिया ले यादव पक्ष सङ्ग पैसा लिइ किर्ते र जालझेल गरेको सोमवार बीरगन्जमा पत्रकार सम्मेलन गरी उनका कार्यकर्ताले आरोप लगाए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -