9.1 C
Kathmandu
17.6 C
Birgunj

अध्यक्ष कप टि ट्वोटी क्रिर्केट टुर्नामेन्टमा कालिकामाई ३७ रनले बिजयी 

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

मंसिर ०७ पर्सा – पर्साको धोबिनीमा गाउँपालिकामा संचालिन भएको अध्यक्ष कप टि ट्वोन्टी क्रिर्केट टुर्नामेन्टम अन्तर्गत कालिकामाई तथा छिपहरमाई बिच मंगलबार भएको खेलमा कालिकामाई ३७ रनले बिजयी भएको छ ।

- Advertisement -

कालिकामाईले २० ओभरको समाप्तीमा १८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफि ब्याटिङ गरेको छिपहरमाईले २० ओभरमा केवल १४५ रनमा सिमित भएको हो ।

खेलको बिजेता तथा उप बिजेतालाई एक कार्यक्रमको बिच चेक तथा सिल्ड प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि धोबिनी गाउँपालिकाको प्रशासकिय अधिकृत राजु साहले बिजेता कालिकामाईलाई रु ३० हजार र सिल्ड तथा उप–बिजेता छिपहरमाईलाई रु २० हजार र सिल्ड प्रदान गर्नु भयो ।

 

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -