बिहिबार, बैशाख ६, २०८१
Thu, April 18, 2024

आज – ०६ बैशाख...

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ योजना कार्यान्वयनमा...

पर्सा प्रहरीद्धारा १८ लाखका...

बीरगन्ज,०५ वैशाख । पर्साबाट प्रहरीले १८ लाख मूल्य बराबरकाे सामानसहित पशुचौपाया पक्राउ...

नाकाबन्दीमा भारतले सहयोग नगर्दा...

काठमाडौँ,०५ वैशाख । राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले २०७२ सालको नाकाबन्दी भारतले...

खाडी क्षेत्रमा २५४ मिलिमिटरसम्म...

काठमाडौँ,०५ वैशाख । खाडी क्षेत्रमा भीषण वर्षाका कारण जीवन अस्तव्यस्त भएको छ। यूएईमा...
17.1 C
Kathmandu
24.3 C
Birgunj

काबुल कब्जाको सय दिन : गरीबी र भोकमरीले पृथ्वीकै ‘नर्क’, तालिबान सरकारले पाएन मान्यता

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

कुनै पनि देशका बारेमा टिप्पणी गर्न सय दिन पर्याप्त छैन तर अफगानिस्तानका लागि बितेका १०० दिन महत्त्वपूर्ण रहे । यसबीचमा अफगानिस्तानमा धेरै कुराहरू परिवर्तन भए । राष्ट्रपति असरफ घानी नेतृत्वको सरकारलाई अपदस्त गरेर तालिवानले अन्तरिम सरकार बनाएको १०० दिन पुगेको छ ।

- Advertisement -

संसारको कुनै पनि देशले तालिबान सरकारलाई मान्यता दिएको छैन । महिलालाई काम गर्न र पढ्नमा अवरोध लगाएपछि अमेरिकासहित पश्चिमी देशहरूले यसअघि अफगानिस्तानलाई दिने सहयोग पनि बन्द गरेका छन् ।

संयुक्त राष्ट्रसंघले २ करोड २० लाख भन्दा बढी अफगानी नागरिकलाई भोकमरीबाट जोगाउन विश्व खाद्य कार्यक्रमअन्तर्गत अफगानिस्तानमा खाद्यान्नको आपूर्ति बढाउनु पर्नेछ । यसअघि भविष्यवाणी गरिएअनुसार देशको मौसम खराब रहिरह्यो भने अफगानिस्तानमा गम्भीर भोकमरी आउने खतरा छ । समस्या अरू पनि छन् ।

- Advertisement -

पश्चिमी देशहरूले सहयोग गर्न बन्द गरिदिएपछि अफगानिस्तानको अर्थव्यवस्था ढुलमुल भइरहेको छ । लाखौँ अफगानी नागरिकले देश छोडेका छन् । स्लामिक स्टेटबाट लगातार सुरक्षा चुनौती थपिएको थपियै छ ।

काबुल कब्जाको सय दिन

तालिबानले गत १५ अगस्तमा काबुलमाथि कब्जा गरेको थियो । त्यस दिन अमेरिकी हतियारबाट सुसज्जित तालिबानका लडाकु राष्ट्रपति भवनमा देखिएका थिए । त्यसको केही अघि राष्ट्रपति असरफ घानीले एउटा छोटो भाषण दिएर देश छाडिसकेका थिए ।

तालिबानले काबुल कब्जा गरेपछि अमेरिका र पश्चिमी देशका सेनाहरू फिर्ता गर्ने क्रममा गति थपियो । २० वर्षपछि अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भयो । ३१ अगस्तभित्र अमेरिकाले अफगानिस्तान तालिबानका लागि खालि गरिदियो ।

त्यसपछि तालिबान प्रवक्ता जबीउल्लाह मुजाहिदले भने, ‘तालिबानले संसारसँग राम्रो सम्बन्ध राख्न चाहन्छ ।’

सय दिनमा तालिबानले कति प्रतिबद्धता पूरा गरे र अन्तर्राष्ट्रिय समुदायको कति माग पूरा गरे, यसलाई लिएर धेरै प्रश्नहरू उठेका छन् । रुस, अमेरिका, चीन, भारत र पाकिस्तान जस्ता धेरै देश अफगानिस्तानलाई लिएर लगातार बैठक बसिरहेका छन् ।

तालिबानका प्रतिनिधिहरूले चीन, रुस, कतार र पाकिस्तानको भ्रमणसमेत गरिसकेका छन् । तर उनीहरूले आशा गरिएअनुसार सहयोग प्राप्त भने गर्न सकेका छैनन् ।

स्लामिक स्टेटलाई लिएर चिन्ता

तालिबानले सुरक्षालाई लिएर एउटा ठूलो प्रतिबद्धता जनाएको थियो । तर पछिल्लो परिस्थिति तालिबानको नियन्त्रणमा देखिएको छैन । तालिबानलाई सबैभन्दा ठूलो चुनौती स्लामिक स्टेटबाट देखिएको छ । संयुक्त राष्ट्र संघले जताततै स्लामिक स्टेटको उपस्थिति रहेको जनाईसकेको छ । यसको संकेत गत अगस्तमै देखिएको थियो ।

तालिबानले काबुललाई कब्जामा लिएपछिको पहिलो आक्रमण काबुल एयरपोर्टमा भयो । जसमा सय भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । मर्नेहरूमा अमेरिकी नागरिक पनि सामेल थिए । स्लामिक स्टेटले यो हमलाको जिम्मेवारी लिएको थियो ।

तालिबानलाई यो सबैभन्दा ठूलो र पहिलो सुरक्षा चुनौती थियो । त्यसपछि स्लामिक स्टेटले कुन्दुज, जनधार र काबुलमा हमला गरे । यी हमलाहरूमा सयौं अरु व्यक्तिको मृत्यु भयो । सञ्चारमाध्यमको रिपोर्ट अनुसार स्लामिक स्टेटका लडाकूहरू तालिबानविरुद्ध तालिबानी शैली नै अपनाइरहेका छन् ।

स्लामिक स्टेट जसलाई स्थानीय भाषामा दायश भनिन्छ, उसका लडाकूहरू लुकेर आक्रमण गर्ने रणनीति अपनाउँछन् । यही शैली विगतमा तालिबानीहरूले अपनाएका थिए ।

स्लामिक स्टेटले तालिबानलाई विश्वासघाती र मुस्लिम धर्मलाई लिएर कट्टर नभएको आरोप लगाउने गर्छ भने तालिबनले स्लामिक स्टेटलाई अधर्मी र चरमपन्थी भएको आरोप लगाउने गर्छ ।

अन्तरिम सरकारले पाएन मान्यता

तालिबानले गत सेप्टेम्बरमा अन्तरिक सरकार गठन गर्ने उद्घोषण गरेको थियो तर यो सरकारलाई संसारको कुनै पनि देशले मान्यता दिएको छैन ।

अमेरिका र अन्य देशहरूले तालिबानसँग समावेशी सरकार गठनको माग गरिरहेका थिए । तर सेप्टेम्बरमा तालिबानले गठन गरेको अन्तरिम सरकार ती देशहरूले माग गरेअनुसार थिएन । तालिबान सरकारका कतिपय मन्त्रीहरू अमेरिकाले आतंककारी सूचीमा राखेका व्यक्तिहरू छन् । सरकारमा कुनै महिलालाई समावेश गरिएको छैन ।

अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिङ्कनले भने, ‘तालिबानमाथिको हाम्रो नीति उनीहरूले लिने फैसलाका आधारमा तय गरिन्छ ।’ तालिबानले गरेका निकै कोशिसहरूका बाबजुद संसारको कुनै पनि देशले अन्तरिम सरकारलाई मान्यता दिएको छैन ।

संसारका धेरै देशहरूले तालिबानले समावेशी सरकार गठन गर्नुपर्ने, महिलालाई काम गर्न र पढ्न लगाइएको रोक बन्द गर्नुपर्ने जस्ता मागहरू राखेका छन् । तालिबानले काबुल कब्जा गरेपछि अधिकांश महिला घरमै सीमित छन् । काबुलमा महिलाहरूले प्रदर्शन त गरेका छन् तर केही परिवर्तन भएको छैन । महिला पत्रकारलाई पनि काम गर्ने स्वीकृति दिइएको छैन । स्वास्थ्यको क्षेत्रमा काम गर्न केही सीमित महिलालाई मात्र स्वीकृति दिइएको छ ।

यससँगै अन्य देशहरूले तालिबानले अफगानिस्तानलाई आतंकवादी गतिविधिका लागि प्रयोग नगर्न चेतावनी दिएका छन् ।

भोकमरी र गरिबी

तालिबानले काबुल कब्जा गरेपछि अफगानिस्तानमा भोकमरीको समस्या सबैभन्दा ठूलो बनेर आयो । अर्थव्यवस्था ढलपल भयो । पश्चिमी देशहरूले अफगानिस्तानलाई त्यसअघि गरिरहेको सहयोग बन्द गरे । संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा भोकमरी अझै बढ्ने खतरा औल्याएको छ ।

हालसालै अफगानिस्तान भ्रमण गरेका डब्ल्युएफपीका कार्यकारी निर्देशक डेभिड बेस्लीले भने, ‘यहाँको स्थिति तपाईंले सोचेभन्दा बढी खराब छ । धर्तीमा सबैभन्दा ठूलो मानवसंकट देखिएको छ अफगानिस्तानमा ।’

उनका अनुसार अफगानिस्तानमा ९५ प्रतिशत नागरिकका लागि पर्याप्त खाना छैन । २ करोड ३० लाख व्यक्ति भोकमरीको शिकार बन्दैछन् । अझै ६ महिना परिस्थिति झन् बिग्रँदै जानेछ । अफगानिस्तान पृथ्वीकै नर्क बन्न गइरहेको उनले बताए ।

गत अगस्तमा तालिबान सत्तामा आउनु पहिला राष्ट्रपति असरफ घानीले अन्तर्राष्ट्रिय सहयोग लिएर जाडो मौसममा आउने भोकमरीको समस्या समाधान गर्न सक्ने ठानिएको थियो । उनको सरकार ढल्यो र तालिबानलाई कुनै पनि सहयोग कतैबाट आएको छैन ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार