9.1 C
Kathmandu
17.6 C
Birgunj

धोबिनीमा विद्यार्थीहरुको आन्दोलन

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, ०८ मंसिर । शिक्षक व्यवस्थापनको माग गर्दै पर्साको धोबिनी गाउँपालिका वडा नम्बर २ भिखमपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरु आन्दोलित भएका छन् । यसअघि काम गर्ने प्रधानाध्यापक ध्रुब रामविरुद्ध मुद्धा दर्ता गरेर काम गर्न नदिनुका साथै अहिले प्रधानाध्यापक रामको पदसमेत खोसेको भन्दै विद्यार्थीहरुले विरोध जनाएका छन् ।

- Advertisement -

मा.वि. तहका कक्षा ९ देखि १२ सम्म अध्यापन गराउने २ जना, नि.मा.वि. तहमा ३ जना र प्रा.वि तहमा ५ जना शिक्षकको भरमा विद्यालय सञ्चालन भइरहेपनि विषयगत शिक्षकको अभावका कारण पठनपाठनले गति लिन नसकेको कक्षा १० मा अध्ययनरत छात्र कृष पटेलले बताए ।

कक्षा १२ सम्म पठनपाठन हुने विद्यालयमा मा.वि. तहका प्रधानाध्यापकविरुद्ध मुद्धा दर्ता गरेर अहिले नि.मा.वि.तहका शिक्षक बिनय पटेल प्रधानाध्यापक बनेकोमा पनि विद्यार्थीहरुले आपत्ति जनाएका छन् । यथाशिघ्र विषयगत शिक्षकको व्यवस्था गर्नुपर्ने भन्दै गाउँपालिकामा ध्यानाकर्षण गराउन गएका विद्यार्थीहरुलाई गाउँपालिका प्रवेशमा रोक लगाएर गेट बन्द गरिएको छ ।

यता विद्यार्थीहरुले गेट बन्द गरेर प्रवेशमा रोक लगाएको भन्दै बाहिरैबाट नाराबाजी गरेका थिए । विद्यार्थीहरुको प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीसमेत परिचालित गरिएको थियो ।

शिक्षकको व्यवस्थापन गरिदिनुपर्ने माग राख्दै  गाउँपालिका कार्यालय पुगेका विद्यार्थीहरूलाइ कार्यालय प्रवेश गर्न दिइएकाे थिएन ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -