9.1 C
Kathmandu
17.6 C
Birgunj

बीरगन्ज : भन्सार छलिका सामाग्री बरामद

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, ९ मंसिर । जिल्ला प्रहरी कार्यालय पर्साले ७ लाख २९ हजार मूल्य बराबरको भन्सार छलिका सामाग्री बरामद गरेको छ ।

- Advertisement -

सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा बीरगन्जकाे ईनर्वा गाउँ, नगवा र छपकैयाका विभिन्न स्थानबाट उक्त मूल्य बराबरको भन्सार छलिका सामाग्री बरामद भएको प्रहरीले जनाएको छ ।

भारतबाट अवैध रुपमा भन्सार छलेर नेपाल ल्याउँदै गरेको अवस्थामा विभिन्न लत्ता कपडा र हार्डवेयरका पार्टसहरु बरामद गरिएको पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।

प्रवक्ता खनालका अनुसार बरामद सामाग्री आवश्यक कारवाहीका लागि बीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -