9.1 C
Kathmandu
17.6 C
Birgunj

चितवनमा बोलेरोको ठक्करबाट एकको मृत्यु,

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

चितवन – चितवनमा बोलेरोको ठक्करबाट एकको मृत्यु भएको छ । बागमती प्रदेश ०३–००१ च १३७५ नम्बरको बोलेरोको ठक्करबाट मकवानपुर जिल्ला मनहरी गाउँपालिका वडा नम्बर ६ निवासी अन्दाजी ४४ वर्षीय रघुनाथ श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

- Advertisement -

पूर्व पश्चिम राजमार्ग अन्तर्गत राप्ती नगरपालिका वडा नम्बर २ मा भण्डाराबाट लोथरतर्फ जाँदै गरेको बोलेरोले बेलुका ७ः४५ बजे पैदल यात्रीलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

ठक्कर दिने बोलेरो प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक फरार भएका छन् । दुर्घटनापछि स्थानीयहरुले केहीबेर सडक अवरुद्ध गरेका थिए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -