10.1 C
Kathmandu
18.2 C
Birgunj

स्वीडेनको पहिलो महिला प्रधानमन्त्री, कार्यभार सम्हालेको केही घण्टमै राजीनामा

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बुधबार मात्रै प्रधानमन्त्रीमा नियुक्त भएकी प्रधानमन्त्री मग्डालेना एन्द्रेसनले बिहीबार बिहान नहुँदै पदबाट राजीनामा दिनुपरेको छ ।

- Advertisement -

एन्द्रेसन स्वीडेनको पहिलो महिला प्रधानमन्त्री हुन् । उनी प्रधानमन्त्री बन्दै गर्दा २ पार्टीको गठबन्धन थियो । उनीलाई प्रधानमन्त्री बन्न ग्रिन पार्टीले गठबन्धनबाट सहयाेग गरेकाे थियाे । तर उनि नियुक्त भएपछि उक्त पार्टी गठबन्धनबाट बाहिरिएपछि उनी राजीनामा दिन बाध्य भएकी हुन् ।

गठबन्धनले ल्याएको बजेट संसदमा अस्वीकृत भएपछि ग्रिन पार्टीले समर्थन फिर्ता लिएको हो । स्वीडेनमा बजेटमा सहमति जुटाउन नसकेका ग्रिन पार्टी, सेन्ट्रल पार्टी र लेफ्ट पार्टीले पनि प्रधानमन्त्रीमा एन्द्रेसनलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । त्यसपछि सभामुखले पुन एन्द्रेसनलाई नै प्रधानमन्त्रीमा नियुक्त गर्ने सम्भावना रहेको पनि बताइएको छ ।

एन्द्रेसनले भने आफू एकल पार्टीको सरकार प्रमुखको रुपमै भएपनि पुन सभामुखले प्रधानमन्त्रीमा नियुक्त दिने आशा रहेको बताएकी छन् ।

बलियो समर्थन पाएको पार्टीको नेतालाई प्रधानमन्त्री नियुक्त गर्न सकिने स्वीडेनको कानूनमा उल्लेख गरिएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले बताएका छन् ।

गठबन्धनले बजेट ल्याउन नसक्दा यसअघि विपक्षीले ल्याएको बजेट पास भएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -