9.1 C
Kathmandu
17.6 C
Birgunj

बीरगन्जकाे ड्राईपोर्टबाट दुई ट्रक सहित चारजना लागुऔषध सहित पक्राउ

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

पर्सा, मंसिर ९ गते । प्रहरीले बीरगन्जकाे ड्राईपोर्टबाट दुई ट्रक सहित चारजना लागुऔषध सहित पक्राउ गरेको छ ।

- Advertisement -

पक्राउ पर्नेमा ठेगाना नखुलेका ३५ वर्षीय अनुप बर्तौला, हेटौंडा उपमहानगरपालिका वडा नं. ७ का ४५ वर्षीय राजु बस्नेत, मेची नगरपालिकाका ५० वर्षीय गोपाल थापा र हेटौंडा उपमहानगरपालिका वडा नं. ६ का ३१ वर्षीय प्रमोद श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

ड्राईपोर्टबाट परवानीपुरतर्फ जाँदै गरेका बा ३ ख ८८०८ नम्बरको मिनी ट्रकमाथि शंका लागेर चेकजाँच गर्दा चालक बस्‍ने सिटमुनि बोराभित्र लागुऔषध भेटिएपछि ट्रकसहित चारैजनालाई नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

प्रहरीले एउटा ट्रकबाट कोरेक्स ५४ बोत्तल र अर्को ट्रकबाट कोरेक्स २२३ बोत्तल गरी जम्मा २७७ बोत्तल लागुऔषध बरामद गरेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -