शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा...

काठमाडौं,१६ चैत - सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक दिपक अधिकारी सशस्त्र प्रहरी...

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो...

काठमाडौं,१६ चैत संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो...

एसईईमा चिट चोर्नलगाउने ...

बिहीबारदेखि सुरु एसईई परीक्षामा चिट चोर्नलगाउने आरोपमा बारामा एक शिक्षक र एक जना...

पढन गएका बालबालिकालाई घर...

पढन गएका बालबालिकालाई घर निर्माणको काममा लगाउँदा पर्सामा एक नाबालक विद्यार्थी घाइते भएका...
23.1 C
Kathmandu
32.3 C
Birgunj

कोमल वलीको एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

चर्चित गायिका तथा राष्ट्रियसभा सदस्य कोमल वलीले नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । शुक्रबारबाट चितवनमा हुन लागेको नेकपा एमालेको १० औं महाधिवेशन उनी केन्द्रीय सदस्यमा भिड्न लागेकी हुन् ।

- Advertisement -

दाङ क्षेत्र नम्बर ३ बाट केन्द्रीय प्रतिनिधि चयन भएकी वली महाधिवेशनका लागि अहिले चितवन पुगेकी छन् । ‘म महाधिवेशनमा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिन्छु’ वली भनिन् । वलीले विभिन्न चार उद्देश्यका साथ आफूले उम्मेदवारी दिने निर्णय लिएको जानकारी दिइन् ।

उनले आफ्नो पहिलो उद्देश्य केपी ओलीको नेतृत्वलाई सक्षम बनाउने र दोस्रो उद्देश्य पार्टीलाई सम्मृद्ध बनाउने रहेको बताइन् । उनले आफ्नो तेश्रो उद्देश्य राजनीतिक रुपान्तरणका लागि पार्टीले खेल्ने भूमिका सशक्त बनाउने रहेको बताइन् ।

- Advertisement -

राजनीतिलाई गतिशील बनाउने उद्देश्यले समेत महाधिवेशनमा आफूले उम्मेदवारी दिएको उनको भनाइ छ । वलीले आफु आवाजविहीनहरुको आवाजको रुपमा समेत महाधिवेशनमा प्रस्तुत हुने बताइन् । ‘आफ्नो वर्ग, समुदाय, युवाको आवाज र आवाजविहीनहरुको आवाज बनेर महाधिवेशनमा प्रतिनिधित्व गर्नेछु’ उनले थपिन् ।

एमालेमा कुनै पक्ष विपक्ष नभएको तर्क राखेकी वलीले व्यक्तिगत रुपमा कसैले अध्यक्ष पदमा उम्मेदवारी दिएपनि आफूले भने केपी ओलीलाई समर्थन गर्ने स्पष्ट पारिन् । ‘सबै नेताहरुको मनोविज्ञान केपी ओलीको नेतृत्वमा पार्टी अगाडि बढ्छ भन्ने छ । मेरो पनि त्यही धारणा हो,’ वलीले भनिन्, ‘सबैलाई उहाँकै नेतृत्व सर्वस्वीकार्य पनि हुन्छ ।’

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार