10.1 C
Kathmandu
18.2 C
Birgunj

सांसद यादवलाई पार्टीको कारवाही

सिफारिस

नेपाल पाेष्ट डेलीhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, ०९ मंसिर । पर्सा क्षेत्र नं १ का प्रतिनिधीसभा सदस्य प्रदिप यादवलाई जनता समाजवादी पार्टीले कारवाही गरेको छ । मन्त्री नबनाएको भन्दै पार्टी नेतृत्व विरुद्ध अभिव्यक्ति दिएका उनलाई कारवाही पार्टीले गरेको हो ।

- Advertisement -

काठमाडौंमा चार दिनदेखि चलेको जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठकले पर्सा क्षेत्र नं. १ बाट निर्वाचित साँसद प्रदीप यादवलाई पार्टीको केन्द्रीय कमिटीबाट निष्कासन गरेको हो । यसअघि पार्टीले यादवलाई ३ दिने स्पष्टीकरण सोधेको थियो । यादवले पार्टीले दिएको समयसीमा भित्रै जबाफ दिँदै पार्टी विरोधी कुनै पनि गतिविधिमा आफू संलग्न नभएको जबाफ दिएका थिए ।
पार्टीको हित विपरितको कार्यमा संलग्न रहेको पाइएकाले यादवलाई केन्द्रीय सदस्यबाट निष्काशन गरेको पार्टी केन्द्रीय कार्यालयका सचिव प्रकाश अधिकारीले जानकारी गराएका हुन् । सांसद यादवको जबाफ पछि छानबिनका लागि समिति गठन गरिएको अधिकारीले बताएका छन् ।

यता, बीरगन्ज महानगरपालिकाका मेयर बिजय कुमार सरावगी जनता समाजवादी पार्टीको केन्द्रीय सदस्यमा मनोनित भएको खबर छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -