29.1 C
Kathmandu
Tuesday, August 9, 2022
29.1 C
Kathmandu
34.8 C
Birgunj

बारामा हिन्दु परिषदको प्रदर्शन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

कलैया, १३ मंसिर । गत कात्तिक २४ गते छठ पूजाको लागि राखिएका सामग्रीहरु स्थानीय मुस्लिम समुदायका केही व्यक्तिहरुले तोडफोड गरे । घटना भएको भोलिपल्ट कार्तिक २५ गते छलफलका लागि बोलाउँदा हिन्दु समुदाय र मुस्लिम समुदाय बीच झडप भयो । केही घाईते भए ।

- Advertisement -

झडपमा परि गम्भीर घाईते भएका राधेश्याम पटेलको हाल बीरगन्जस्थित न्युरो अस्पतालको आईसियुमा उपचार भईरहेको छ । घटनामा संलग्नहरुलाई कारवाही गरि पाऊँ भन्दै जिल्ला प्रहरी कार्यालय बारामा मुद्दा समेत दर्ता गरिएको छ । तर, प्रहरीले दोषीहरुलाई पक्राउ गर्न नसकेको भन्दै सोमबार बाराको कलैयामा हिन्दु परिषद नेपालले प्रदर्शन गरेको छ ।

- Advertisement -

घटनामा संलग्न अभियुक्तहरुलाई २४ घण्टा भित्र पक्राउ नगरे अझ कडा आन्दोलन गर्ने परिषदका अध्यक्ष सन्तोष पटेलले बताएका छन् ।

परिषदले विरोधका कार्यक्रमहरु सार्वजनिक गरेको छ । मंसिर १४ गते मंगलबारका दिन कलैयाको भरत चोकमा १ घण्टा चौकमा धर्ना दिने मंसिर १५ गते २ घण्टा धर्ना, १६ गते १ घण्टा बजार बन्द, १७ गते धर्मशाला आगाडि धर्ना दिने विज्ञप्तीमा उल्लेख गरेको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -