13.1 C
Kathmandu
19.4 C
Birgunj

शिक्षक अभावको बिषयलाई लिएर बिधार्थीहरु आन्दोलित,भिड नियन्त्रण गर्न एक दर्जन भन्दा बढी आश्रुग्यास प्रहार

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१४ मंसिर – शिक्षकको अभावमा पठनपाठन प्रभावित हुदै आए पछि बीरगन्ज महानगरपालिका वडा नम्बर २१ स्थित नेपाल गीता गजेन्द्रराज जोशी माविका विद्यार्थीहरु आन्दोलित भएका छन् ।

- Advertisement -

स्कुल व्यवस्थापनको बिरोध गर्दै बिधार्थीहरुले बीरगन्ज – पथलैया व्यापारिक मार्गको परवानीपुर सडकखण्डमा चक्काजाम गरेका छन् । विद्यार्थीहरुले सोमवार बिहान साढे ११ बजेदेखि साढे १२ बजेसम्म चक्काजाम गर्नुको साथै टायर बालेर प्रदर्शन गरेका थिए । राजमार्ग नै अवरुद्ध गरे पछि बिधार्थीहरुको भिडलाई नियन्त्रण गर्न प्रहरी १२ राउण्ड भन्दा वढी अश्रुग्यास प्रहार गरेको छ ।

अंग्रेजी र विज्ञान विषयको विषयगत शिक्षकको माग गर्दै विद्यार्थी आन्दोलनका कार्यक्रम गर्दै आएको छ छ । ४ दिनअघि विद्यार्थीले लिपनीविर्ता स्थित वडा कार्यालयम अगाडी समेत प्रदर्शन गरेका थिए ।

विद्यार्थीको भिड नियन्त्रणमा लिने क्रममा प्रदर्शनमा सहभागी केही विद्यार्थी घाइते समेत भएका छन् । कक्षा १० का विद्यार्थी लक्षमिना पटेल, सोनु पटेल, अखिलेश मण्डल, प्रेमराज मण्डल, सुवोध पटेल, राहुल देवान लगायत घाईते भएको प्रदर्शनमा सहभागी विद्यार्थीले बताएका छन् । त्यसैगरी विद्यार्थीले गरेको ढुंगा प्रहारबाट प्रहरी तर्फ ४ जना घाईते हुनुको साथै दुईवटा गाडीको सीसा फुटेको प्रहरीले जनाएको छ । सो क्षेत्रको अवस्था अहिले पनि तनाव ग्रस्त रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बीरगन्ज महानगरपालिका मेयर विजय सरावगीले स्कुलका बिधार्थीहरु यसरी आक्रोशित नहुने गरेको वताउँदै बिधार्थीहरु व्यक्ति विशेषको उस्काहटमा यस्तो क्रियाकलाप गरी रहेको वताए । मेयर सरावगी समस्या समाधानका लागि हामी फास्ट ट्रयाकमा काम गरी राखेको र बिद्यालयमा राजनितिक गर्ने शिक्षक अथवा जो केहिलाई पनि कारवाहीको दायरामा ल्याउँने बताए । बिद्यालयमा भएको शिक्षक अभाव पनि आज भोलीमा समाप्त हुने मेयर सरावगीले दावी गरे । शिक्षक व्यवस्थापन समिति तथा शिक्षा शाखाका कर्मचारीहरुले काम नगरि दिएर समस्या उत्पन्न भइरहेको मेयर सरावगीकाे भनाइ थियाे । उनले समस्याको जाचबुझ गरी तत्कालक समाधान मिलाउँन बीरगन्ज महागरपालिका शिक्षा महाशाखालाई निर्देशन दिएको वताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -