13.1 C
Kathmandu
19.4 C
Birgunj

बीरगन्जमा मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्टको अयोजना हुने

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, १५ मंसिर बीरगन्जमा मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्टको अयोजना हुने भएको छ । आउँदो फागुनमा एक्स्पो एण्ड फुड फेस्टको आयोजना हुने आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । नेपाली युवा उद्यमी फोरम बीरगन्ज र आर्थिक अभियान दैनिकको सहकार्यमा मोफसलमै पहिलो पटक यस्तो प्रदर्शनी हुन लागेको बताइएको छ ।

- Advertisement -

नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा बुधवार आयोजित पत्रकार सम्मेलनमा एनवाईइएफले आगामी फागुनको १२ देखि १५ गतेसम्म प्रदर्शनी सञ्चालन हुने जानकारी दिएको हो । प्रदर्शनी आदर्शनगरस्थित पुरानो बसपार्क रहेको खाली स्थानमा आयोजना गरिने एनवाईईएफका अध्यक्ष अनुप अग्रवालले पत्रकार सम्मेलनमा बताए ।

प्रदर्शनीमा विभिन्न उत्पादनका लागि १३० ओटा स्टलको व्यवस्था मिलाइने आयोजकले बताएको छ । प्रदर्शनीमा स्वदेशमा उत्पादित औद्योगिक उत्पादन, सेवा व्यवसाय, घरेलु तथा हस्तकलाका उत्पादन, प्रविधि, स्थानीय कला संस्कृति, साहित्य, स्थानीय खानाका परिकारलगायतको स्टल रहने आयोजकको भनाई छ । यस नेपाल उत्पादन तथा व्यवसायको प्रवद्धन हुने आयोजकको विश्वास छ । प्रदर्शनीका क्रममा उद्यमशीलता र नवप्रवर्तनका विषयमा तालीम, ब्राण्डिङ, कार्यशालालगायतका कार्यक्रम पनि सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।

स्वदेशमा उपलब्ध कच्चा स्रोत र साधनबाट नेपाली श्रम, सीप र ज्ञानको प्रयोग गरी स्वदेशमा उत्पादित बस्तु तथा सेवाको प्रवद्र्धनका लागि वृहत प्रदर्शनीको आयोजना गर्न लागिएको हो । यसबाट आत्मनिर्भर अर्थतन्त्रको आधार निर्माणमा महत्वपूर्ण योगदान पुग्नेअग्रवालले वताए ।

प्रदर्शनीमा बस्तु तथा सेवाका उत्पादक र ग्राहक बीच साक्षात्कार हुने र यसबाट उपभोक्ताले स्वदेशी उत्पादनबारे जानकारी पाउने बताइएको छ । उपभोक्ताको रुचीअनुसार उत्पादन परिमार्जन र बजारीकरणमा सहयोग पुग्नेमा आयोजक विश्वस्त देखिएको छ ।

लगानीका नयाँ सम्भाव्यताको खोजी गर्दै स्वदेशी बस्तु तथा सेवाको प्रवर्द्धनमार्फत देशको आर्थिक विकासमा प्रदर्शनीले सघाउ पु¥याउने दाबी आयोजकको छ । पत्रकार सम्मेलनमा प्रदर्शनीको बिभिन्न आयम तथा तयारीको बिषयमा आयोजक संस्थाका गनेण लाठ,अषिस लाठ,राकेश साह,मनिष श्रेष्ठ,मोहित गुप्ता,डिम्पल खन्ना लगायतकाले प्रकाश परेका थिए । पत्रकार सम्मेलनको सहजिकरण पत्रकार आशु सर्राफले गरेका थिए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -