13.1 C
Kathmandu
19.4 C
Birgunj

५ किलो १०० ग्राम लागुऔषध गाँजा सहित १ जना पक्राउ

सिफारिस

Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

मकवानपुर,१५ मंसिर – जिल्ला प्रहरी कार्यालय मकवानपुरले ५ किलो १०० ग्राम गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । मकवनपुरको मनहरी गाउँपालिका वडा नं. ७ मनहरी पुल नजिकै पूर्व–पश्चिम लोकमार्गमा बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले चैनपुरबाट मनहरी तर्फ पैदल आउदै गरेको जिल्ला मकवानपुर कैलाश गा.पा. वडा नं. ८ बस्ने बर्ष २८ को शिशिर भन्ने जगत थिङलाई चेकजाचको क्रममा पक्राउ गरेको छ ।

- Advertisement -

चेकजाँचको क्रममा निजले पछाडी भिर्ने कालो झोलामा लुकाई छिपाई ल्याएको लागुऔषध गाँजा ५ किलो १०० ग्राम बरामद भए पछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

गाँजा सहित पक्राउ परेका थिङमाथी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जश्वर रिमालले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -