शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

बजेट दिँदा संघीय सरकारले...

पर्सा । बीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले संघीय सरकारले दिने बजेटमा विभेद गरेको...

बीरगन्जबाट २२ लाख हुण्डीको...

बीरगन्ज,०७ वैशाख । २२ लाख हुण्डीको रकमसहित पर्साबाट २ जना पक्राउ परेका छन्...

भारतीय नागरिकको अपहरणपछि नेपालमा...

काठमाडौं,७बैशाख । कपिलवस्तुको मायादेवी गाउँपालिकामा १ भारतीय नागरिकको अपहरणपछि हत्या गरिएको छ...

कोशीमा संकल्प प्रस्ताव बहुमतले...

विराटनगर,०७ वैशाख । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार बसेको...
19.1 C
Kathmandu
29.1 C
Birgunj

सिरहामा आमहडताल …..

सिफारिस

जनकपुर,पौष ११ । सिरहाको औरहीमा किसान माथि हुँदै आएको अन्यायको विरुद्धमा जनमत पार्टीले आज आइतबार ( पुस ११ गते ) सिरहा जिल्लामा आमहडतालको घोषणा गरेका छन।

- Advertisement -

पक्राउ गरिएका किसानहरु अविलम्ब रिहाई , मुद्दा फिर्ता , किसानहरुलाई आवश्यक मलखाद्य र बिजको सुनिश्चितता , हावाहुरीका कारण किसानले बेहोरेको क्षतिको राहत अबिलम्ब ब्यबस्था हुनुपर्ने र बाली नालिको उचित बजार मुल्य कायम हुनुपर्ने माग सहित आइतबार सिरहा जिल्ला आमहडताल घोषणा गरिएको आन्दोलन समिति सिरहाको संयोजक पवन यादवले जानकारी दिएका हुन् ।

त्यसतै आज सिरहा जिल्लाको विभिन्न ठाउँमा मशाल जुलुस प्रदर्शन समेत हुने जनाइएको छ।

- Advertisement -

सिरहाको औरही गाउँपालिकामा पुर्न अनुदानमा आएको गहुँको बिउ वितरणमा धाधली गरेको , वास्तविक किसानलाई वितरण नगरेको , घण्टौ लाईनमा बसाई रितो हात फर्काउने गरेको भएपछि किसानहरु आफैले गहुँको बीउ गोदामबाट लगेका थिए ।

त्यसपश्चात पालिकाले लुटेको आरोपमा स्थानीय मिथिलेश यादव सहित चार जना माथी मुदा लगाइ मिथलेश यादवलाई पक्राउ गरेको र अरुलाई पनि प्रहरी पक्राउ गर्न गाउँ पसेको भन्दै जनमत पार्टीले हिजो औरही गाउँपालिका कार्यालयमा ताला लगाएका छन। भने बिहिवार बेलुका पुर्व पश्चिम् राजमार्ग अन्तरगत कसहा बजारमा करिब २ घण्टा किसानहरुको आन्दोलनमा एक्यवद्धता जनाउदै राजमार्ग अबरुद्ध गरेका थिए ।

तीन दिन अगाडी गाउँ पालिकाले भण्डारणगरी राखेको एक सय बोरा गहुँको बीउ किसानले लगेका थिए । गाउँ पालिकाले बीउ लुटेको आरोपमा कडहरबाका यादवलाई प्रहरीले पक्राउ गरी लगेको स्थानीय युवा दिपेन्द्र यादवले जानकारी दिए ।
यादवले पक्राउ परेका किसानलाई तत्काल रिहा नगरे अझ सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए । उनी जनमत पार्टीका स्थानीय नेता हुन् ।

तालाबन्दि पछि किसान तथा युवाहरुको समूह थप विउ मलको माग र पक्राउ परेकालाई रिहाईको माग गर्दै गाउँमा नारा जुलुस लगाएको बताए ।

रजत

Into Journalism........

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार