बीरगन्ज, १५ पुष- ८ औं सिजी कपको उपाधिका लागि सिमराको लोटस एकेडेमी र राष्ट्रिय विभिुति शिक्षा सदन बीच प्रतिस्पर्धा हुने भएको छ ।
८ औं सिजी कप अन्र्तगत भएका दुई सेमिफाइनल सम्पन्न भएसँगै विजेता भएका दुई टिम लोटस एकेडेमी र राष्ट्रिय विभुति शिक्षा सदन बीच फाइनल खेल पक्का भएको हो ।
बिहीबार सम्पन्न भएको दोस्रो सेमिफाइनल खेलमा साउज जोन माविलाई ० का विरुद्ध ४ गोल अन्तरले पराजित गर्दै बाराको राष्ट्रिय विभुति शिक्षा सदनले फाइनल भिडन्त तय गरेको हो । राष्ट्रिय विभुतिका लागि फाइनल खेल सम्मको लागि यात्रा सुनिश्चित गर्न योगदान गरेको जर्सी नं. १३ का केशव चौधरी खेलको म्यान अफ द म्याच भए ।
यसअघि भएको पहिलो सेमिफाइनल खेलमा डिपिएसलाई १ का विरुद्ध ४ गोल अन्तरले लोटस एकेडेमीले पराजित गरेको थियो ।
८ औं सिजी कपमा पर्साका ५ र बारा ५ गरी १० विद्यालय सहभागि रहेका छन् ।