बिहिबार, बैशाख ६, २०८१
Thu, April 18, 2024

पर्सा, बारा, रौतहटलगायतका जिल्लाका...

बीरगन्ज,०६ वैशाख । देशैभर नयाँ शैक्षिक शत्र सुरु भइसकेको छ । शैक्षिक शत्र...

जनकपुरमा जल्दै गरेको अवस्थामा...

बीरगन्ज,०६ वैशाख । जल्दै गरेको अवस्थामा जनकपुरधाम उपमहानगरपालिकामा १ युवतीको शव फेला परेकाे...

लुम्बिनी प्रदेशमा मन्त्रीमण्डल बिस्तार,...

काठमाडौँ,०६ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिमण्डल बिस्तार गरेका गरेका छन्...

शिक्षा क्षेत्रलाई राजनीतिमुक्त बनाउन...

काठमाडौँ,०६ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय भर्ना अभियानमा सहयोग...
28.1 C
Kathmandu
38.4 C
Birgunj

यो वर्ष प्रेस स्वतन्त्रता हनन बढी: पत्रकार महासंघ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं– नेपाल पत्रकार महासंघले सन् २०२० मा भन्दा २०२१ मा प्रेस स्वतन्त्रतामाथि बढी आक्रमण भएको रिपोर्ट सार्वजनिक गरेको छ ।

- Advertisement -

सन् २०२१ पनि नेपाली पत्रकारिता क्षेत्रका लागि चुनौतीपूर्ण वर्ष रहेको निष्कर्ष सार्वजनिक गर्दै महासंघले तुलानात्मक रूपमा यस वर्ष अघिल्लो वर्षभन्दा प्रेस स्वतन्त्रता हननका घटना बढेको अभिलेखीकरण सार्वजनिक गरेको छ ।

‘अभिलेखअनुसार सन २०२० मा ५२ वटा प्रेस स्वतन्त्रता हननका घटना भएका थिए भने सन् २०२१ जनवरी १ देखि डिसेम्बर ३१ बिहान ११ः०० बजेसम्म ६२ वटा प्रेस स्वतन्त्रता हनन्का घटना भएका छन्,’ महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त ६२ वटा घटनामा १९० जना पत्रकार पीडित भएका र चारवटा सञ्चारमाध्यम प्रभावित हुन पुगेको महासंघले जनाएको छ ।

- Advertisement -

यस वर्ष पत्रकारमाथि ३२ वटा धम्की तथा दुव्र्यवहारका घटना घटेको, पेसागत असुरक्षाका १० वटा घटना भएको, कब्जा र अवरोधका १० वटा घटना भएको अझिलेख सार्वजनिक गर्दै महासंघले पत्रकारमाथि पाँचवटा आक्रमणका भएको जनाएको छ ।

पत्रकार गिरफ्तारीका चारवटा घटना भएको यो वर्ष नीतिगत बन्देजको घटना भने एक मात्र रहेको महासंघले अभिलेख सार्वजनिक गरेको छ । साथै, यस वर्ष पनि समाचारका विषयलाई लिएर वा समाचार संकलनमा क्रममा विभिन्न पक्षबाट भएका धम्की, आक्रमण, दुव्र्यवहारलगायतका घटनाबाट पत्रकार तथा सञ्चारमाध्यम पीडित हुन पुगेको जनाएको छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार