शुक्रबार, बैशाख ७, २०८१
Fri, April 19, 2024

एनआईटीबीएलले नेपालको आयात निर्यातमा...

बीरगन्ज,०६ वैैशाख । इन्टर मोडल यातायात विकास समिति (एनआईटीबीएल) ले नेपालको आयात निर्यातमा...

बीरगन्जको महाविरस्थान स्थित १...

बीरगन्ज,०६ वैशाख । पर्सा प्रहरीले बीरगन्जको महाविर स्थान नजिक एक गोदाममा छापा मारी...

चितवनमा ट्रक र म्याजिक...

चितवन,०६ वैशाख । चितवनमा विपरीत दिशातर्फबाट आएको ट्रकमा म्याजिक गाडी ठोक्किँदा १७ जना...

लागूऔषधसहित २ जना पक्राउ

काठमाडौं,०६ वैशाख । महोत्तरी र बाराबाट अवैध लागूऔषधसहित २ जना पक्राउ परेका...
18.1 C
Kathmandu
23.8 C
Birgunj

चितवन एमालेको अधिवेशन अनिश्चित

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

चितवन,२६ पुस । नेकपा एमाले चितवनको १०औँ अधिवेशन अनिश्चितकालका लागि स्थगित भएकाे छ । कोरोना महामारीको तेस्रो लहर (ओमिक्रोन) बढ्दै गएको भन्दै अधिवेशन अनिश्चितकालका लागि स्थगन भएकाे हाे ।

- Advertisement -

यसअघि अध्यक्षमण्डलले आज सोमबार नयाँ कार्यसमितिमा रहन इच्छुक नेताहरूबीच सहमति गराएर नामावली घोषणा गर्ने कार्यक्रम थियो । चितवन एमालेको अध्यक्षका लागि रामप्रसाद न्यौपाने, कृष्ण भुर्तेल र तेजेन्द्र खड्काले इच्छा देखाएका छन् । अध्यक्षमा इच्छा देखाएका कमल पाठक उपाध्यक्षमा बस्ने बताएका थिए ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउन गृह मन्त्रालयलाई सिफारिस गरेकाले अधिवेशन हाललाई स्थगित गरेकाे नेकपा एमाले चितवनकी अध्यक्ष पार्वती रावलले बताइन् ।

- Advertisement -

अध्यक्ष रावल र सचिव प्रकाश खनाल ‘शैलेस’ले सोमबार विज्ञप्ति जारी गर्दै पार्टी कार्यकर्ता एवं सर्वसाधारणमा पर्न सक्ने स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै जिल्ला अधिवेशन हाललाई स्थगित गरिएको जनाएका हुन् ।

सर्वसम्मतिबाट जिल्ला अध्यक्षसहित कार्यसमिति सदस्य चयन गर्न ११ सदस्यीय अध्यक्ष मण्डल बनाइएको छ । अध्यक्ष मण्डलमा जिल्ला अध्यक्ष पार्वती रावल र पूर्व अध्यक्ष कृष्णभक्त पोखरेलसहित चितवनबाट केन्द्रीय सदस्यमा निर्वाचित नेताहरू छन् ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार